यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

बिहिबार, २८ मङि्सर २०७४, ०७ : ४७ दिलबहादुर छत्याल

धनगढी- प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढेको छ ।
यो प्रदेशमा एमालेका शीर्ष नेता भीम रावल हुन् । उनी पार्टी उपाध्यक्षसँगै प्रदेश ७ को संयोजक हुन् । यसैगरी वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रका लेखराज भट्ट यो प्रदेशका शीर्ष नेता मानिन्छन् । यी दुई नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
‘वाम गठबन्धनमा आबद्ध दलमध्ये कसको मुख्यमन्त्री हुने भनेर टुंगो लाग्न बाँकी छ’, एमाले उपाध्यक्ष रावलले भने, ‘यस विषयमा कुनै छलफल भएको छैन ।’ एमाले र माओवादी केन्द्रमध्ये कुन पार्टीबाट मुख्यमन्त्री बन्ने भन्ने सहमति भएपछि मात्र कसलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल सुरु हुने उनले बताए ।
माओवादी केन्द्रका नेता भट्टले पनि मुख्यमन्त्री कसले पाउने भनेर सहमति भइनसकेको बताए । प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीको दाबी गर्नेमा युवा नेता देखिएका छन् । एमालेको भागमा मुख्यमन्त्री परे पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक कर्ण थापालाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । ‘प्रदेश ७ मा एमालेबाट आफू मुख्यमन्त्री हुनेमा कुनै विवाद र शंका छैन’, थापाले भने, ‘मुख्यमन्त्री हुने भनेर नै मेरो नाम प्रदेशसभा समानुपातिक सूचीमा राखिएको हो ।’
प्रदेशसभामा समानुपातिक सूचीमा रहेका थापा समानुपातिकवाट निर्वाचित हुने कि नहुने निश्चित छैन । ७ नम्बर प्रदेसभामा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ  । जसमा महिला छैनन् । संविधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला राख्नुपर्ने प्रावधानका कारण समानुपातिकबाट महिला मात्रै आउसक्ने पनि हुन सक्छ । समानुपातिकमा ८ सिट मात्र एमालेको भागमा परे ३३ प्रतिशत पु¥याउन  महिलालाई राख्नुपर्ने छ । समानुपातिकमा योभन्दा बढी स्थान पाएमात्र मुख्यमन्त्रीमा थापाको सम्भावना रहनेछ । समानुपातिकको नतिजा आउन बाँकी छ । महिला कोटा छुट्याएर १ जना पुरुष पर्ने सम्भावना रहेको थापा बताउँछन । ‘म मुख्यमन्त्री हुनेमा राजनीतिक कारणले कुनै समस्या छैन, प्राविधिक कारण समस्या भए अर्कै कुरा हो’, उनले भने । थापा समानुपातिक कोटामा पर्ने वा नपर्ने  अन्योल बढेसँगै मुख्यमन्त्रीका लागि अन्य नाम चर्चामा आएका छन् । थापापछि एमालेबाट मुख्यमन्त्रीमा तारा लामा तामाङ (¬कञ्चनपुुर), वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह ( बाजुरा), अर्जुन थापा (बझाङ), दीर्घ सोडारी ( कैलाली) लगायतको नाम चर्चामा छ । ‘साथीहरूले तपाईं मुख्यमन्त्री बन्नुपर्छ भनिरहेका छन,’ कञ्चनपुर एमाले अध्यक्ष तामाङले भने, ‘म नै हुनुपर्छ भन्नेमा म छैन, पार्टीले जिम्मेवारी दिए तयार छुँ ।’ अर्का आकांक्षी शाहले थापालाई सघाउने सोच भए पनि उनको सम्भावना कम भएपछि आफू नै मुख्यमन्त्रीको दाबेदार भएको बताए ।
यसैगरी माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परे वीरमान चौधरी मुख्य दाबेदार देखिएका छन् । उनी माओवादी केन्द्र सचिवालय सदस्य हुन् । ‘वाम गठबन्धनभित्र कुन पार्टीले मुख्यमन्त्री पाउने टुंगो लागिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको भागमा परे स्वाभाविक रुपमा मुख्य दाबी मेरो हुने नै भयो ।’ पहिलो संविधानसभा चुनावमा कैलाली क्षेत्र ३ बाट निर्वाचित चौधरी अहिले प्रदेशसभा सदस्यमा विजयी भएका छन् । व्यापारिक पृष्ठभूमिका अछामबाट प्रदेशसभा सदस्यमा निर्वाचित झपट बोहराको पनि मुख्यमन्त्रीको चर्चामा छन् । ‘पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न तयार छुँ’, उनले भने । यसैगरी माओवादी केन्द्रभित्र सन्तोष धामी (दार्चुला), त्रिलोचन भट्ट (डोटी) र महेश जोशी ( कञ्चनपुर) को नाम पनि चर्चामा छ । ‘पार्टीमा छलफल भएको छैन,  माओवादी भागमा मुख्यमन्त्री परे सिनियर नेतामध्ये एकले त्यो जिम्मेवारी पाउनेछन्,’ पार्टीका एक नेताले भने । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी भागमा पर्ने सम्भावना रहेको ती नेताको  भनाइ छ । ७ नम्बर प्रदेशसभामा एमालेबाट १७ र माओवादी केन्द्रबाट १० जना निर्वाचित भएका छन् । यस्तै कांग्रेसबाट ४ र राजपाबाट १ जना निर्वाचित भएका छन् । समानुपातिकका नतिजा आउन बाँकी छ । प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ७ नम्बर प्रदेशसभा ५३ सदस्यीय हुनेछ । प्रदेशसभाले मुख्यमन्त्री चयन गर्नेछ ।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad