६ वैशाख २०८१ बिहीबार
राजनीति

रेशम चौधरीको प्रमाणपत्र कुरियरबाट निर्वाचन आयोग पठाइयो

धनगढी- कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्। वारेशनामाबाट प्रमाणपत्र दिने वा नदिने बिषयमा विवाद भइरहेका बेला कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतले कुरियरबाट आयोगमा पठाएका हुन। मंगलवार बिहान नतिजा सुनिए लगत्तै रेशमको वारेसनामा लगेर उनकी श्रीमती निर्वाचन अधिकृत कहाँ प्रमाणपत्र बुझन् गएकी थिइन् । निर्वाचन अधिकृतले कानुनमा स्पष्ट उल्लेख नभएकाले आयोगलाई सोधेर मात्र प्रमाण पत्र दिने बारेमा निर्णय गर्ने बताए । लिखित रुपमा पत्र पठाएर आयोगको उनले निर्देशन माग गरेका थिए। आयोगले साँझतिर मात्र वारेशनामा दिएकोलाई प्रमाणपत्र नदिन र उक्त प्रमाणपत्र केन्द्रमा पठाउन परिपत्र पठाएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए। ‘ निर्वाचन आयोगको निर्देशन अनुसार आज (बुधवार) कुरियर मार्फत रेशम चौधरीको प्रमाणपत्र केन्द्रमा पठाएका छौं’उनले भने।

टीकापुरमा एक वालक र ८ सुरक्षाकर्मी मारिएको टीकापुर घटनाका आरोपित फरार सूचिमा रहेका रेशम चौधरीले झण्डै २१ हजार मतको फराकिलो अन्तरले चुनाव जितेका छन्। उनले ३४ हजार ३४१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रीय सदस्य गरिमा शाहले १३ हजार ४०६ मत प्राप्त गरिन। कांग्रेसका ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरिन। फरार रहेकाले उनले प्रमाणपत्र बुझ्न आउन सकेनन्। रेशम चौधरीको प्रमाणपत्र वारेसनामाबाट नदिएपछि  यस क्षेत्रमा पक्ष र विपक्षमा व्यापक चर्चा भएको छ। डडेल्धुरामा शेरबहादुर देउवाको प्रमाण पत्र वारेसनामा मार्फत दिएको र रेशमलाई नदिएर निर्वाचन आयोगले बिभेद गरेको रेशमका समर्थकको भनाई छ। उनीहरुको जनमतको कदर गर्नुपर्ने भनाई छ। धेरैले अपराध जनमतबाट अनुमोदित नहुने भन्दै जनमतलाई आधार मानेर कानुनको धज्जी उडाउनु नहुने कुरा समाजिक सन्जालमा उठाएका छन्।

प्रदेश नम्बर ७ का प्रहरी प्रमुख नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक माधव नेपाल रेशम चौधरीलाई भेट्टाउने बित्तिकै पक्राउ गर्ने बताएका छन्।

 

प्रकाशित: २७ मंसिर २०७४ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App