७ वैशाख २०८१ शुक्रबार
राजनीति

दार्चुलामा प्रत्यक्षको भन्दा  समानुपातिक दोब्बर मत बदर

दार्चुला – पहिलो चरणको निर्वाचनमा दार्चुलामा  प्रत्यक्षको भन्दा  समानुपातिकतर्फ दोब्बर मत बदर भएको छ । प्रत्यक्षतर्फ ४ प्रतिशत रहेको बदर मत संख्या समानुपातिकमा ८.४१ प्रतिशत पुगेको छ।

 प्रतिनिधि सभा समानुपातिक  तर्फ कुल ५४ हजार ५ सय ३ मतमा ४९ हजार ९ सय १९  सदर भइ ४ हजार ५ सय ५४ मत  बदर भएका छन । जुन प्रतिशतमा ८.४१ रहेको छ । त्यसैगरी प्रदेशसभा समनुपातिकमा झनै बढी बदर मत रहेका छन्। 
समानुपातिक तर्फ प्रदेश सभा ‘क’ मा कुल ३० हजार २ सय  ५४ मा ४ हजार १८ मत बदर भएका जुन १३ प्रतिशत हुन आएको छ । समानुपातिक तर्फ प्रदेश सभा ‘ख’ मा कुल २४ हजार २ सय  ५० मत  मध्ये २ हजार सात सय  ७२ मत बदर मत भएका छन् । जुन ११.४३  प्रतिशत हुन आएको छ।  संख्यात्मक हिसाबले समानुपातिकतर्फ ११ हजार ३७४ मत बदर भएको छ । प्रत्यक्षतर्फ यहाँ ४ हजार ३९३ मत बदर भएको छ थियो । यसरी हेर्दा प्रत्यक्षभन्दा समानुपातिकतर्फ ६ हजार ९ सय ८१ बढी मत बदर भएको छ।

प्रतिनिसभा समानुपातिकतर्फ ५४ हजार ५ सय ३ मत खसेकोमा ४ हजार ५ सय ८४ मत बदर भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५४ हजार ५ सय ४७ मत मत खसेकोमा २ हजार ३ सय ४७ मत बदर भएको थियो जुन ४.३२ प्रतिशत मात्रै थियो । त्यस्तै दुबै प्रदेशसभाको समानुपातिक तर्फ मात्रै ६ हजार ७ सय ९० मत बदर भएका छन् भने प्रत्यक्ष तर्फ दुबै प्रदेशको बदर मत संख्या २ हजार ४६ रहेको छ । यसरी हेर्दा प्रत्यक्ष तर्फ भन्दा समानुपातिक प्रदेशसभा तर्फ ४ हजार ७ सय ४४ बढी मत बदर भएको देखिन्छ । त्यस्तै प्रत्यक्ष तर्फ प्रदेशसभा ‘क’ क्षेत्रमा ३० हजार २ सय २० मत खसेको १ हजार ५३ मत बदर भएको छ भने प्रदेशसभा ‘ख’ क्षेत्रमा २४ हजार ३ सय २३ मत खसेकोमा ९ सय ९३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

मत बदर हुनुमा मुख्यगरी मतदाता शिक्षा प्रभावकारी र मतदान स्थलमा सही तरिकाले मतदाताहरूलाई मतदान प्रकृया बारे जानकारी गराउन नसकेको मतदाताको गुनासो छ । मतदाता शिक्षा कार्यक्रमका लागि पर्याप्त सयमको अभाव, मतदाताहरूमा सिक्ने इच्छा शक्तिको अभावका कारण मत बदर संख्या न्युन गर्ने लक्ष्य सफल हुन नसकेको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले बताए । एक प्रकारको मत अर्को प्रकारको मतपोटिकामा समेत मत भेटिएको हुनाले समेत बढी मत बदर देखिएका छन, उनले भने प्रदेशमा बढी बदर मत पाइएका छन् । एउटै मतपत्रमा दुई मतपत्रको कारणले पनि यो संख्या बढेको अनुमान गरिएको छ।

प्रकाशित: २७ मंसिर २०७४ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App