८ वैशाख २०८१ शनिबार
खेल

साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अर्को वर्ष बङ्गलादेशमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल सन् २०१८ को सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ । दुई–दुई वर्षमा आयोजना हुँदै आएको साफ च्याम्पियनसिप पछिल्लो समय सन् २०१५ को २३ डिसेम्बरबाट ३ जनवरी २०१६ मा भारतको त्रिवेन्द्रममा भएको थियो। 

दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुँदै आएको प्रतियोगिता यसपल्ट भने एक वर्ष ढिला हुन लागेको हो । प्रतियोगिता यही डिसेम्बर बाट हुने भनिएपनि हुन नसकेपछि हिजो बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको बैठकले साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा गर्ने निणर्य गरेको हो। 

अर्को वर्षको साफमा कति राष्ट्रको सहभागिता हुने अझै निश्चित भइसकेको छैन । किनकी अफगानिस्तानले दक्षिण एसियाबाट बाहिरिँदै मध्य एसियाली क्षेत्रको सदस्यता लिइसकेको र पाकिस्तानलाई फिफाले प्रतिबन्ध लगाएपछि अरु ६ राष्ट्रबीच खेल खेलाउनेकी अन्य राष्ट्रलाई पनि सहभागिताका लागि बोलाउने भन्नेमा निश्चित भएको छैन। 

यसअघिको २०१५ को संस्करणमा अफगानिस्थानलाई हराउँदै भारतले उपाधि जितेको थियो । नेपाल भने २०१३ मा नेपालमा आयोजना भएको साफमा अफगानिस्थानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको थियो। नेपाल अहिलेसम्म साफ फुटबलको फाइनलमा पुग्न सकेको छैन।

प्रकाशित: २७ मंसिर २०७४ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App