coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

खोटाङमा समानुपातिक तर्फ एमाले पहिलो

खोटाङ – खोटाङमा मंगलबार बिहान घोषित अन्तिम परिणाम अनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसलेभन्दा ३ हजार ४१६ मत बढी ल्याएको छ । कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा एमालेले २४ हजार १३४, कांग्रेसले २० हजार ७१८, माओवादी केन्द्रले १२ हजार ४३३, संघीय समाजवादी फोरमले २ हजार ४०५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभामा राप्रपाले ९३२, नयाँ शक्तीले ७२७, नेकपा मालेले ५६६, राप्रपा प्रजातान्त्रिकले ३०६, नेपाली जनता दलले २०९ मत, बिबकशील सझा पार्टीले १२९ समानुपातिक मत पाएको छ । यस्तै, राष्ट्रिय मुक्ती आन्दोलन नेपाल ७०, एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी ६३, चुरेभावर लोकतान्त्रिक पार्टी ५८, मंगोल नेशनल अर्गनाइजेसन ४२, नेपाल मजदुर किसान पार्टी ३४, राष्ट्रिय जनमुक्तीले ३१, नेपालवादले २४, नेपाल लोकतान्त्रिक जनता कांग्रेसले २१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १९, जनशक्ती नेपालले १४, नेपाल जनता पार्टीले १४, देशभक्त जनगणतान्त्रिक मोर्चाले १३, नेपाल नौलो जनवादीले १२, नेपाल समावेसीले ११, नेपाल सुकुम्बासी लोकतान्त्रिकले १०, आमूल परिवर्तन मसिहा पार्टीले १०, राष्ट्रिय समाजवादीले १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले ७, राष्ट्रिय जनमोर्चाले ७, ग्रीन पार्टीले ७, राष्ट्रिय यथार्थवादीले ६, नेकपा माक्र्सवादीले ६, नेपाल युवा किसान पार्टीले ६, नेपाल दर्शनले ४, नेपाल संघीय समाजवादीले ४, जनप्रजातान्त्रिक पार्टीले ४, देशभक्त लोकतान्त्रिकले ४, बहुजन शक्तीले ३, लिवरल डेमोक्रेटिक ३, युवा नेपाल पार्टीले ३, नेपाः राष्ट्रिय पार्टीले ३, हाम्रो पार्टीले ३, तामाङसालिङ लोकतान्त्रिकले २, नेपाल दलित पार्टीले १ मत पाएको छ । नेपाली कांग्रेस बिपी र देशभक्त समाजले एक मत पनि पाउन सकेको छैन। 

यस्तै, प्रदेशसभातर्फको समानुपातिकमा पनि एमालेले सबैभन्दा बढी मत ल्याएको छ। एमालेले २१ हजार ३४९, कांग्रेसले १६ हजार ८६१, माओवादी केन्द्रले १३ हजार ५२०, राप्रपाले ३ हजार १७२, संघीय समाजवादी फोरमले २ हजार १४१, नेकपा मालेले ९६९ मत पाएको मुख्य निर्वाचन अधिकारी किशोर घिमिरेले बताए। प्रदेशसभा (क)मा एमालेले १० हजार ७९३, कांग्रेसले ८ हजार १७९ र माओवादी केन्द्रले ६ हजार २७५ मत पाएको छ। प्रदेशसभा (ख)मा एमालेले १० हजार ५५६, कांग्रेसले ८ हजार ६८२ र माओबादी केन्द्रले ७ हजार २४५ मत पाएको छ। 

यस्तै, नयाँशक्तीले ७५४, राप्रपा प्रजातान्त्रिकले ६६८, राजपाले ४०४, नेपाली जनता दलले १८५, एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादीले १५७, विवेकशील साझा पार्टीले १०१, संघीय खम्बूवान लोकतान्त्रिक नेपालले ९१, मंगोल नेशनल अर्गनाइजेसन ६९, राष्ट्रिय मुक्ती आन्दोलनले ६८, चुरेभावर लोकतान्त्रिकले ४८, नेमकिपाले २८, देशभक्त जनगणतान्त्रिक मोर्चाले २६, राष्ट्रिय जनमुक्तीले २३, नेपाल जनता पार्टीले १५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४, ग्रीन पार्टीले १३, जनप्रजातान्त्रिकले १३, आमूल परिवर्तन मसिहाले १३, नेपाल संघीय समाजवादी पार्टीले ७ र राष्ट्रिय जनमोर्चाले ५ मत पाएको छ। 

मंसिर १० गते सम्पन्न निर्वाचनमा प्रदेशसभा (क) मा ३६ हजार ५५४ र प्रदेशसभा (ख) मा ३४ हजार ६९८ मत खसेको थियो। 

प्रकाशित: २७ मंसिर २०७४ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App