coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेचीबाट प्रतिनिधिसभामा एक्ली महिला पवित्रा

सुरेन्द्र भण्डारी 

सुरुङ्गा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन्। 

मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी हुन्। योसँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेका छन्। 

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन्। उनले ४५ हजार ८१७ मत प्राप्त गरिन् भने थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए। 

एमालेको १ नं प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहेकी छिन्। निरंकुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउनसमेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उनी उत्तिकै सक्रिय थिइन्। 

विसं २०३६ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ। २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा रहँदा विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही पवित्राको फराकिलो आत्मविश्वास र दृढताले राजनीतिक यात्रामा कुनै न कुनै जिम्मेवारी सम्हालीरहिन। 

विसं २०३८ मा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उनको राजनीतिक यात्राले गति लियो। २०४० सालमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा आयोजित समीक्षा बैठकस्थलबाटै उनी पक्राउ परेपछि तीन वर्ष जेल परिन्। 

विसं २०५४ मा जिल्ला विकास समिति झापाको मनोनीत सदस्य भएर उनले काम गरिसकेकी छिन्। बिर्तामोड खानेपानी तथा सरसफाइ समितिमा पवित्राले १० वर्ष बसेर काम गरिसकेकी छिन्। 

विसं २०६६ मा एमालेको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालिरहेकी पवित्रा निरन्तर पार्टीमा क्रियाशील छिन्। त्यसयता उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गरेकी छिन् भने अनेम संघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेकी छिन्। 

संविधानसभाको दोस्रो निर्वाचनमा यसै क्षेत्रबाट उनी नेपाली काँग्रेसको उम्मेदवारसँग पराजित भएकी थिइन् । काँग्रेसका उम्मेदवार सुधीरकुमार शिवाकोटीले उनलाई थोरै मतान्तरले त्यो बेला पराजित गरेका थिए । 

छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राको जन्म २०२० माघ २० गते झापाको दमकमा भएको हो । उनले आइएसम्मको अध्ययन गरेकी छिन्। रासस

प्रकाशित: २७ मंसिर २०७४ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App