coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अवैधरुपमा खाडी मुलुक हिँडेका सात नेपाली महिला श्रीलंकाबाट डिपोट

काठमाडौं– श्रीलंकाको अध्यागनले सात नेपाली महिलालाई शनिबार फिर्ता गरेको छ। नेपालले प्रतिबन्ध गरेका देशमा रोजगारका लागि श्रीलंका ट्रान्जिट भएर जाने तयारीमा रहेका उनीहरुलाई फिर्ता गरेको अध्यागमन विभागले जनाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार भारतीय बाटो हुदै श्रीलंकाको कोलम्बो पुगेका सात महिला शनिबार विहान नेपाल आईपुगेका हुन । कार्यालयका अनुसार अस्वस्थ्य र कमजोर रहेका उनीहरुलाई माईती नेपालका प्रतिनिधीले उपचारका लागि भन्दै बुझेर लगेका छन्।

कार्यालयका प्रमुख यज्ञराज कोईरालाले श्रीलंका अध्यागनले डिपोट गरेका सात जना महिलाको राहदानीमा नेपालबाट उडेर गएको कुनै तथ्याँक छैन । उनका अनुसार भारतको बाटो हुदै पर्यटन भिषामा श्रीलंका पुगेका सातैजना फरक फरक जिल्लाका हुन्।

‘विमान विमानस्थलमा ओर्लिएका उनीहरुलाई तत्कालका लागि माईती नेपालका प्रतिनिधीको जिम्मामा छोडिएको छ, स्वास्थ्य उपचार र परामर्सको आवश्यकता देखिन्छ,’ कोईरालाले भने।

कार्यालयका उपसचिव उद्धव भट्टराईका अनुसार तत्कालका लागि फिर्ता भएका महिलाहरुको उपचार र बसोबास प्राथमिकतामा रहेकाले माईती नेपालको जिम्मेबारीमा पठाईएको हो । नेपालले महिला कामदारका लागि प्रतिबिन्धीत गरेका खाडी देशमा रोजगारका लागि भारतको दिल्ली हुदै श्रीलंका पुगेका उनीहरुलाई  पछिल्लो एकमहिना भन्दा बढि समयदेखि एजेन्टले कोलम्बोमा लुकाएर राखेको सार्वजनिक भएको थियो।

प्रकाशित: २२ श्रावण २०७३ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App