८ वैशाख २०८१ शनिबार
खेल

प्रिमियर लिगमा चेल्सी विजयी

इङ्ल्याण्ड– इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार भएको खेलमा चेल्सी बिजयी भएको छ। चेल्सीले हडल्सफिल्ड टाउनलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो। चेल्सीका लागि २३ औं मिनेटमा बाकायोको, ४३ औं मिनेटमा विलियन र ५० औं मिनेटमा पेड्रोले एक/एक गोल गरेका थिए। 

यता पराजित टोली हडल्सफिल्डका लागि भने एक मात्र गोल दोश्रो हाफको इन्जुरी समयमा लरेन डिपोइट्रेले फर्काएका थिए । जितपछि चेल्सी १७ खेलमा ३५ अंकका साथ लिगको तेश्रो स्थानमा रहेको छ । चेल्सीले दोश्रो स्थानको युनाइटेडसँग अंक बराबरी गरेको छ । पराजित हडल्सफिल्ड १७ खेलबाट १८ अंकका साथ तालिकाको १२ औं स्थानमा छ। 

त्यस्तै प्रिमियर लिग अन्तर्गतनै अन्य खेलमा बर्नले र क्रिष्टल प्यालेस विजयी भएका छन । बर्नलेले राति भएको खेलमा स्टोक सिटिलाई १–० ले पराजित गरेको छ । बर्नलेको जितमा खेलको ८९ औ मिनेटमा बर्नेसले गरेको गोलनै टोलीको जितमा निर्णयक बन्यो । जितपछि बर्नले ३२ अंकका साथ तालिकाको चौंथो र स्टोक सिटी १६ अंकका साथ लिगको १४ औं स्थानमा छ। 

यता वाट्फोर्डलाई २–१ ले हराउदै क्रिष्टल प्यालेस पनि बिजयी भएको छ । खेलको तेश्रो मिनेटमानै जन्मतले गोल गर्दै वाट्फोर्डलार्ई अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम ३ मिनेट जोगाउन नसक्दा  वाट्फोर्ड पराजित हुन पुग्यो । वाट्फोर्डका क्लेभर खेलको ८७ औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरीएपछि त्यसको फाइदा लिँदै क्रिष्टल प्यालेसले अन्तिम ३ मिनेटमा २ गोल गर्न सफल भयो। 

उसका लागि ८९ औं मिनेटमा साको र दोश्रो हाफको इन्जुरी समयमा म्याक्थरले गोल गरेका थिए । जितपछि क्रिष्टल प्यालेस १४ अंकका साथ तालिकाको १४ औं स्थानमा छ भने पराजित वाट्फोर्डको २२ अंकका साथमा नवौं स्थानमा छ। 

आज राति ७ खेलहरु हुँदै
प्रिमियर लिग फुटबल प्रतियोगितामा आज राति ७ खेलहरु हुँदैछन । आज राति हुने खेलहरुमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले स्वान्सी सिटी, म्यान्चेस्टर युनाइटेड र बर्नमाउथ, आर्सनल र वेष्ट ह्याम युनाइटेड, लिभरपुल र वेष्ट ब्रोम बीच प्रतिस्पर्धा  हुँदैछ ।  त्यस्तै  टोटनह्याम हट्सपर र ब्राइटन, न्युकासल युनाइटेड र एभर्टन तथा साउथह्याम्पटन र लेष्टर सिटी भिड्नेछन्। 

प्रकाशित: २७ मंसिर २०७४ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App