४ वैशाख २०८१ मंगलबार
राजनीति

समानुपातिकतर्फ लमजुङमा एमाले पहिलो

लमजुङ- मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको अन्तिम परिणाम अनुसार यहाँ नेकपा एमाले पहिलो स्थानमा रहेको छ।

प्रतिनिधिसभा तर्फ कूल ७७ हजार २ सय १४ मत खसेकोमा नेकपा एमालेलाई ३३ हजार ३ सय ९ मत प्राप्त भएको छ । नेपाली काँग्रेसले २९ हजार २ सय २९ र नेकपा माओवादी केन्द्रले ७ हजार ८ सय ५ मत पाएको छ। त्यस्तै, राप्रपाले १ हजार ४ सय ७७, विवेकशील साझापार्टीले ८ सय ७०, नयाँ शक्ति पार्टीले ७ सय ७३, संघीय समाजवादी फोरमले २ सय २९, राष्ट्रिय प्रजातान्त्रिक पार्टी(प्रजातान्त्रिक)ले १ सय ८८, जनसमाजवादी पार्टीले १ सय ८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन तर्फ यहाँ कूल ४९ दलको सहभागिता रहेकोमा अन्य दलहरुलाई प्राप्त मत संख्या ज्यादै न्युन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिक तर्फ कूल ७७ हजार  २ सय १४ मत खसेकोमा ४ हजार ५ सय ५२ मत वदर भएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए।  

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र ‘क’ मा कूल ३७ हजार ७ सय ४२ मत खसेकोमा नेकपा एमालेलाई १३ हजार २ सय ७२, नेपाली काँग्रेसलाई १० हजार ४२ र नेकपा माओवादी केन्द्रलाई ५ हजार ५ सय ७८ मत प्राप्त भएको छ । सो निर्वाचन क्षेत्रमा राप्रपाले २ हजार ६ सय ६३, नयाँ शक्ति पार्टीले ७ सय ५, विवेकशील साझाले ३ सय ३७, संघीयसमाजवादी फोरमले २ सय १४, राप्रपाले २ सय ७, राप्रपा (प्रजातान्त्रिक)ले २ सय ७, जनसमाजवादी पार्टीले १ सय १२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कूल ३७ हजार ७ सय ४२ मत खसेकोमा ४ हजार ४ सय ९ मत वदर भएको छ।

 प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ कूल ३९ हजार ४ सय ७२ मत खसेकोमा नेकपा एमालेलाई १७ हजार ६ सय ३४, नेपाली काँग्रेसलाई १३ हजार ६ सय ३८ र नेकपा माओवादी केन्द्रलाई ३ हजार २ सय ४३ मत प्राप्त भएको छ । यही निर्वाचन क्षेत्रमा राप्रपाले ७  सय ९३,विवेकशील साझाले ४ सय ६९, नयाँ शक्ति पार्टीले १ सय ७५, संघीयसमाजवादी फोरमले १ सय ४३, जनसमाजवादी पार्टीले १ सय १२, राप्रपा (प्रजातान्त्रिक)ले ८२ मत प्राप्त गरेका छन् । यहाँ कूल ३९ हजार ४ सय ७२ मत खसेकोमा ३ हजार ८१ मत वदर भएको छ । प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ २० दलले निर्वाचनमा सहभागिता जनाएकोमा अन्य दलहरुको मत तुलनात्मकरुपमा नगन्य रहेको देखिएको छ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेकोमा यहाँबाट प्रतिनिधिसभामा वाम गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ निवार्चित भएका छन् भने प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट वाम गठवन्धनकै उम्मेदवार नेकपा एमालेका धनञ्जय दवाडी र निर्वाचन क्षेत्र ‘ख’ बाट पनि एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङ निवार्चित भएका छन् ।

समानुपातिक तर्फको नतिजा अनुरुप पहिलो स्थान ओगटेको नेकपा एमालेले जिल्लाबाट मायानाथ अधिकारी र यशोदा रिमाललाई सिफारिस गरेको छ भने नेपाली काँग्रेसले कोपिला विक र नेकपा माओवादी केन्द्रले मधु अधिकारी, सतिमाया तामाङ र रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।

 

प्रकाशित: २६ मंसिर २०७४ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App