coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सोलुमा समानुपातिकतर्फ काँग्रेस पहिलो

सोलुखुम्बु – सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुँदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ ।

गएराति सम्पन्न भएको गणनामा प्रतिनिधि सभा तर्फ एमालेलाई १२ हजार ६६ र प्रदेश सभा तर्फ १० हजार ४५८ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत मुरारी वस्थीले जानकारी दिए ।  

त्यस्तै, प्रतिनिधि सभातर्फ ७ हजार ६७३ र प्रदेश सभातर्फ ८ हजार ३१ मत प्राप्त गरी माआवादी केन्द्र तेस्रो भएको छ । सोलुखुम्बुमा राप्रपाले पनि समानुपातिक तर्फ सम्मानजनक मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभाका लागि ५८५ मत पाएको राप्रपाले प्रदेश सभातर्फ एक हजार ५५५ मत प्राप्त गरेको हो । जिल्लामा नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधि सभा तर्फ ३७६ र प्रदेश सभा तर्फ ४०६ मत पाएको छ। 

प्रकाशित: २६ मंसिर २०७४ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App