६ वैशाख २०८१ बिहीबार
राजनीति

स्याङजा प्रदेशसभा १ ‘ख’ मा मिनप्रसाद गुरुङ विजयी

तस्विर: मोहन गुरुङ

मोहन गुरुङ
स्याङजा- निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङ २० हजार २ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी तुलसी गिरीले १४ हजार ५ सय १० मत ल्याए । 

गुरुङ र गिरीवीच ५ हजार ७ सय ३८ मतअन्तर रह्यो । गुरुङ नेकपा एमाले जिल्ला कमिटी स्याङजाका अध्यक्ष समेत हुन् । त्यसैगरी राप्रपा नेपालका उम्मेदवार विश्वबन्धु पौडेल ३ सय ३९, जनमुक्ति उम्मेदवार नेत्र बहादुर थापा ३ सय ३१, नयाँ शक्ति नेपाल ३ सय ७५ र मंगोल नेशनल अर्गनाइजेशनका खड्का बहादुर रानाले ३५ मत प्राप्त गरे । 
५४ हजार ३ सय ४१ जना मतदाता रहेका उक्त  क्षेत्रमा ३६ हजार ७ सय १८ मत खसेको थियो । जस मध्ये ३५ हजार ८ सय ३८ मत सदर र ८ सय ८० मत बदर भएको जिल्ला निर्वाचन अधिकृत रमेशकान्त अधिकारी बताए । 

प्रकाशित: २६ मंसिर २०७४ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App