८ वैशाख २०८१ शनिबार
राजनीति

गच्छदारको क्षेत्रमा मतगणना पुन: सुरु

इटहरी— नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना आज अपरान्हदेखि सुरु भएको छ ।  

मतगणनाको अन्त्यतिर आएर गच्छदारले मत अन्तर कम गर्दै ल्याए पछि सोमवार दिउसोदेखि मतगणना रोकिएको थियो ।बारम्बारको प्रयास गर्दा पनि समझदारी नभएपछि निर्वाचन अधिकारीहरुले निर्वाचन प्रक्रिया रोक्न नहुने भन्दै मतगणना जारी गराएका छन् । अहिले सुरु भएको मतगणनामा एमालेका प्रतिनिधिहरु बसेका छैनन् । 

पछिल्लो अवस्थामा चौधरीको २९ हजार  ३२६ मत छ। गच्छदारको २९ हजार १७१ मत छ। दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला हिजो मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै करिब २० हजार मत गणना हुन बाँकी छ।

 

प्रकाशित: २६ मंसिर २०७४ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App