७ वैशाख २०८१ शुक्रबार
राजनीति

पराजयको दोष सबैले लिनुपर्छ : कोइराला

नवलपुर- कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताएका हुन् । 
कावासोतीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पराजयको अपजस कुनै एक व्यक्तिलाई दिनुभन्दा अब पार्टीलाई पुनर्जीवन दिन सबैको ध्यान केन्द्रित हुनपर्ने बताए । 
कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक बसेर नयाँ धारणा तय गरिने र पार्टी पुनर्संरचना गर्ने बताए । उनले संसद्मा बलियो प्रतिपक्षीको भूमिकामा रहने र पार्टीभित्रको सबै असन्तुष्टि समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । 
यसैगरी कांग्रेस नेता विनोद चौधरीले निर्वाचन सफल हुनु र सबैको सहभागिता देखिनु कांग्रेस र प्रजातन्त्रको जित भएको बताएका छन् । प्रेस युनियन नवलपरासीद्वारा कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले कांग्रेसको संगठनमा नयाँ जीवन दिन अब सुरु गर्नुपर्ने बताए । चौधरीले राष्ट्रिय स्वाधीनतासँग जोडिएको कांग्रेसको आर्थिक अजेन्डाले मात्र देश समृद्धि र विकासको चरणमा प्रवेश गर्ने बताए । 
निर्वाचनमा यस्तो उचारचढावलाई सामान्य रुपमा लिनपर्ने बताउँदै चौधरीले सबै वामपन्थी शक्ति मिल्दा यस्तो नतिजा स्वाभाविक रहेको प्रतिक्रिया दिए । आफू सक्रिय राजनीतिमा पहिलोपटक लागेकाले नवलपरासीमा हालैको निर्वाचनले दिएको सन्देश कांग्रेसले देशभर स्थापित गर्न सक्छ भन्ने विश्वास आफूमा रहेको बताए । नवलपरासीमा ५ वटा सांसद जितेको उदाहरण दिँदै चौधरीले त्यही तरिका अबलम्बन गरे देशभरमा कांग्रेस बलियो र एकढिक्का बनाउन सकिने उदाहरण दिए ।
 

प्रकाशित: २६ मंसिर २०७४ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App