सरकारले बिहीबार प्रदेश प्रमुख तोक्ने

मङ्गलबार, २६ मङि्सर २०७४, ०७ : ०८ नागरिक

काठमाडौं- सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ । साथै सातवटै प्रदेशमा  प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि सोही दिन तोकिनेछ । स्रोतका अनुसार पूर्वप्रशासक, पूर्वउपकुलपति, निर्वाचन आयोगका पूर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको मनोनयन, प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँलगायतका विषयमा निर्णय गर्ने सम्भावना रहेको बताए ।
प्रदेश प्रमुखका लागि केदारभक्त माथेमा, अनुराधा कोइराला, भोजराज पोखरेललगायतको नामबारे छलफल भइरहेको एक मन्त्रीले बताए । यसैगरी पूर्वसेनापति रूक्मागंत कटवालको नाम पनि चर्चामा छ । प्रदेशमा बन्ने वाम गठबन्धनको सरकारलाई काम गर्न सजिलो पार्न गैरराजनीतिक र बौद्धिक व्यक्तिलाई प्रदेश प्रमुखमा मनोनयन गर्ने तयारी सरकारले गरेको स्रोतको भनाइ छ ।  सञ्चारमन्त्री बस्नेतले प्रत्यक्ष राजनीतिमा असंलग्न, बौद्धिक छवि भएको र आफ्नो क्षेत्रमा ख्याति कमाएको व्यक्तिलाई प्रदेश प्रमुखमा मनोयन गर्ने तयारी भएको बताए । ‘कांग्रेसले चुनावमा अनपेक्षित पराजय भोगेपछि सकेसम्म प्रत्यक्ष राजनीतिभन्दा टाढा रहेका व्यक्तिलाई प्रदेश प्रमुखमा मनोयनन गर्ने तयारी भएको हो,’ स्रोतले भन्यो । 
सरकारले बिहीबार नै सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने स्थानबारे निर्णय गर्ने भएको छ । स्रोतका अनुसार सरकारले १ नम्बर प्रदेशमा विराटनगर, २ मा जनकपुर, ३ मा लतिलपुर, ४ मा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा धनगढी वा दिपायलमध्ये एक ठाउँलाई प्रदेशसभाको पहिलो बैठक बस्ने स्थानका रुपमा तोक्ने तयारी गरेको छ ।
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad