६ वैशाख २०८१ बिहीबार
राजनीति

चितवनमा विवेकशिल कतै तेस्रो कतै चौथो

चितवन– वैकल्पिक शक्तिको नारा दिएर भर्खर गठन भएको नयाँ दल विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले चितवनमा निकै कम मत ल्याएका छन् । तर सो पार्टीका उम्मेदवारहरु कुनै क्षेत्रमा तेस्रो स्थानमा त कुनैमा चौथो भएका छन् ।
निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार चितवनमा विजयी र निकटतम प्रतिद्वन्दी बाहेक तेस्रो स्थानमा रहेका दलहरु प्रतिनिधि सभामा २ र प्रदेशसभामा तीन छन् । प्रतिनिधि सभा तर्फ चितवन क्षेत्र नं। १ र २ मा विवेकशिल साझा पार्टी तेस्रो भएको छ । क्षेत्र नं। ३ मा नेकपा ९माले०का उम्मेदवार तेस्रो भएका छन् ।
त्यस्तै तीन क्षेत्रका छवटा प्रदेश सभा मध्ये तीनवटा प्रदेश सभामा विवेकशिल साझा, दुईवटामा नेकपा ९माले० र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु तेस्रो भएको निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणमा उल्ललेख छ । पहिलो र दोस्रो हुने दलका उम्मेदवारले पाएको मतका तुलनामा तेस्रो हुने दलका उम्मेदवारले पाएको मत संख्या भने निकै नै कम छ ।
चितवन क्षेत्र नं। १ को प्रतिनिधि सभामा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे ५१ हजार ८० मत ल्याएर विजयी भए । सो क्षेत्रमा तेस्रो हुने दल विवेकशिल साझा पार्टी रहेको छ । सो पार्टीका उम्मेदवार निरज रेग्मीले ७१८ मत ल्याएका छन् । सो क्षेत्रको प्रदेश सभा एक र दुईमा मालेका उम्मेदवारले तेस्रो स्थानमा मत ल्याएका छन् ।
प्रदेश सभाको १ मा मालेका चुडाबहादुर चेपाङले ३११ मत ल्याए । सो क्षेत्रमा जित्ने उम्मेदवारको २३ हजार २३ मत आएको छ । त्यस्तै दुई नम्बर क्षेत्रमा पनि मालेकै विक्रम कुमालले ७१५ मत ल्याए । जहाँ जित्ने उम्मेदवारको २७ हजार २३३ मत आएको छ । विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले यी दुवै क्षेत्रमा ल्याएको मत चौथो स्थानमा छ । उनीहरुले क्रमशः २८५ र ५५२ मत ल्याए ।
चितवन क्षेत्र नं। २ को प्रतिनिधि सभा र प्रदेश सभाका दुवै क्षेत्रमा विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको मतको संख्या तेस्रो स्थानमा छ । प्रतिनिधि सभामा भुपेन्द्र बस्नेतले एक हजार २४५ मत ल्याए । सो क्षेत्रमा विजयी हुने उम्मेदवारको मत ४४ हजार ६७० रहेको छ । प्रदेश सभा १ मा सो पार्टीका जगदिस पन्तले ५६९ मत ल्याए । २ मा रामचन्द्र तिमिल्सिनाले एक हजार २८४ मत ल्याए ।
चितवन क्षेत्र नं। ३ मा नेकपा ९माले०का उम्मेदवार डम्बर श्रेष्ठले विजयी र निकटतम प्रतिस्पर्धीपछि धेरै मत ल्याए । सो क्षेत्रमा विजयी उम्मेदवारको मत ४८ हजार २७६ छ । तेस्रो स्थानमा डम्बर श्रेष्ठले ल्याएको मत एक हजार ५८७ रहेको छ । विवेकशिल साझा पार्टीका उम्मेदवार शरदराज पाठक ४४१ मत ल्याएर चौथो स्थानमा रहे ।
क्षेत्र नं। ३ को प्रदेश सभा एकमा विवेकशिल साझा पार्टीका विष्णु पौडेलले ल्याएको मत तेस्रो स्थानमा छ । सो क्षेत्रमा विजयी उम्मेदवारले २४ हजार ७८५ मत ल्याउँदा पौडेलले ६३५ मत ल्याए । प्रदेश नं। २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरबहादुर तमाङले ४८४ मत ल्याएर तेस्रो स्थानमा रहे । विवेकशिलका दीर्घराज सापकोटाले पाएको मत चौथो स्थानमा रहयो । उनले ४३८ मत ल्याए । 

प्रकाशित: २६ मंसिर २०७४ ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App