५ वैशाख २०८१ बुधबार
राजनीति

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

समानुपातिक मतको इन्फोग्राफिक्स। स्रोत: निर्वाचन आयोग

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन तर्फ अगाडि रहेको नेकपा एमाले सामानुपातिक मतगणनामा पनि अग्र स्थानमा छ। जारी मत गणनामा नेकपा एमालेले ७ लाख २८ हजार ५ सय ९३ मतले अग्रता कायम गरेको छ। प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने समानुपातिकमा एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ६ लाख ९३ हजार ९ सय २६ मत प्राप्त गरेको । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा तेस्रो स्थानमा छ। माओवादीले ३ लाख १२ हजार ५ सय ५० प्राप्त गरेको छ।

संघीय समाजवादी फोरमले ४३ हजार ९ सय ४६, विवेकशील साझाले ४१ हजार ६ सय ५८, राप्रपा ३० हजार ६ सय ४७, राजपा ३१ हजार १ सय ३२, नयाँ शक्ति २८ हजार ९८, राप्रपा (प्रजातान्त्रिक) १४ हजार ८ सय ५७ र राष्ट्रिय जनमोर्चाले १५ हजार ८ सय ७ मत ल्याएका छन्।

१ नम्बर प्रदेशमा जारी मतगणनामा पनि नेकपा एमालेको अग्रता रहेकोछ। एमालेले १ लाख ५३ हजार २ सय ५९ मत प्राप्त गरेको छ। कांग्रेसले १ लाख २३ हजार ७ सय ७१ मत प्राप्त गरेको छ। माओवादीले ५१ हजार ५ सय १८ मत पाएको छ। संघीय समाजवादी फोरमले १७ हजार ३ सय ६७, राप्रपा प्रजातान्त्रिकले ७ हजार २ सय ९४ मत पाएका छन्।

प्रदेश नम्बर २ मा भने नेपाली कांग्रेसको अग्रता छ। कांग्रेसले समानुपातिकमा २४ हजार ५ सय ६०, राजपाले २३ हजार ९ सय ६२, संघीय समाजवादी फोरमले ७ हजार ५ सय १७, एमालेले ७ हजार ३ सय ७५ र माओवादीले ३ हजार ७० मत प्राप्त गरेका छन्।

प्रदेश नम्बर ३ मा समानुपातिमा एमालेले १ लाख १६ हजार ७ सय ५० मत प्राप्त गर्दै अग्रता लिएको छ। कांग्रेसले ८९ हजार ८ सय ९१ मत प्राप्त गरेको छ। यस्तै माओवादीले ५५ हजार ५ सय २, विवेकशील साझाले २५ हजार ४ सय ९७ र राप्रपाले १६ हजार ६ सय ७१ मत प्राप्त गरेका छन्।

प्रदेश ४ मा कांग्रेसले १ लाख ७ हजार ८२, नेकपा एमालेले १ लाख ३९ हजार ३३, माओवादीले ५० हजार ३ सय ७६, नयाँ शक्तिले १४ हजार १ सय ११ र राजमोले ११ हजार २ सय ८ मत प्राप्त गरेक छन्।

प्रदेश ५ मा नेकपा एमालेको १ लाख १५ हजार २ सय ९, नेपाली कांग्रेसको १ लाख ६७ हजार ८०, माओवादीको ५२ हजार ८ सय ३५, संघीय समाजवादी फोरमको १२ हजार १ सय ९२ र विवेकशील साझाकझ ४२ सय ६४ मत रहेको छ।

प्रदेश ६ मा नेकपा एमालेको ७३ हजार २ सय ३५, कांग्रेसको ७३ हजार १ सय ६९, माओवादीको ६१ हजार ५ सय ६९, राप्रपा ५ हजार ५ सय ५७, नेमकिपा ४ हजार ७८ मत प्राप्त गरेका छन्।

यस्तै ७ नम्बर प्रदेशमा कांग्रेसको अग्रता रहेको छ। कांग्रेसले १ लाख ६ हजार ५ सय ३९, एमालेले ९७ हजार ४७, माओवादीले ४३ हजार ४ सय १७, राप्रपाले ६ हजार ४ सय ७९ र विवेकशील साझाले ७ सय ७५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २५ मंसिर २०७४ १७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App