coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्रा मार्न टाउकोमा विषादी हाल्दा बालिकाको मृत्यु

खोटाङ– जुम्रा मार्न टाउकोमा हालिएको विषादीका कारण खोटाङमा एक बालिकाको मृत्यु भएको छ । जुम्रा मार्नका लागि टाउकामा हालिएको ब्लुम मेटासिट नामक विषादीका कारण रुपाकोट मझुवागढी नगरपालिका–१५ बुइपाकी ७ वर्षीय सुनिता बास्तोलाको मृत्यु भएको हो । 
जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा बालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । 
गम्भीर बिरामी परेकी बालिकाको काठ्माडौं लैजानेक्रममा सिन्धुलीको खुर्कोटमा मृत्यु भएको हो । उनको विषादीको प्रतिक्रियाका कारण मृत्यु भएको बताइएको छ । जुम्रा मार्न टाउकामा विषादी हालिएपछि बिरामी परेकी मृतककी दिदी भावना बास्तोलाको कान्ती बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ । टाउकामा विषादी हालिएपछि दिदीबहिनी सेतो छाडिरहेको अवस्थामा पुगेकी थिइन् । 
दुई बालिकाको जुम्रा मार्नका लागि शनिबार राति बालिकाको कपालमा विषादी हालिएको थियो । मुखमा विषादी झर्न नदिनका लागि विषादी हालेर कपाल बाँधेर बालिकालाई सुताइएको थियो । बिहान अबेरसम्म पनि सुतेकेको सुत्यै गरेपछि मात्र अभिभाबकले विषादिको अशरले बालिका बिरामी परेको थाहा पाएका स्थानीयले बताएका छन् । 

प्रकाशित: २५ मंसिर २०७४ १५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App