७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार

काठमाडौ-  विद्यार्थी नेता तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परि घाइते भएका छन्। चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए।  पुन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

रोल्पाको निजिङ र सुलीचौरकोबीचमा रहेको जंगलमा पुन  चढेको कार ब्रेक फेल भई दुर्घटनामा परेको थियो । टाउकोमा चोट लागेका उनलाई तत्कालै सुलीचौर स्वास्थ्य चौकिमा लगिएको थियो । स्वास्थ्य चौकीले अन्य ठाउँमा लैजान रिफर गरेपछि तत्कालै भालुवाङमा ल्याई हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको उनीसँगै दुर्घटनामा परेका मनोज घर्तीमगरले जानकारी दिए।

हेलिकोप्टरबाट काठमाडौ ल्याइएका पुनको  हाल ग्राण्डी इन्टरनेशनल होस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छ । ‘उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ,’ उपराष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका मनोजले भने।

टाउकोमा रगत जमेको आशंकामा उनको आइसियुमा राखेर उपचार भइरहेको मनोजले जानकारी दिए । उनको अवस्था सुधार भइरहेको र चिकित्सकको सल्ला अनुसार ७२ घण्टापछि  आइसियुबाट बाहिर निकालिने मनोजले जानकारी दिए ।

दुर्घटनामा मनोजसँगै चालकपनि सामान्य घाइते भएका छन् । गाडीको ब्रेक फेलभएपछि चालकले गाडीलाई भित्तातर्फ ठोक्काएका थिए। ‘चालकको सावधानीका कारण ठूलो क्षति हुन पाएन,’ मनोजले नागरिकसँग भने।  

प्रकाशित: २५ मंसिर २०७४ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App