coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जाँदाजाँदै मौका नछोपः एमाले

काठमाडौ– सत्ताबाट बहिर्गमन हुनै लागेको देउवा सरकारले जाँदा जाँदै विभिन्न नियुक्ति गर्न लागेको भन्दै नेकपा एमालेले त्यसो नगर्न सम्झाएको छ । एमालेले नियुक्ति प्रक्रियामा संलग्न नहुन कर्मचारीलाई पनि सचेत गराएको छ । 
एमालेका महासचिव इश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न भएलगत्तै कामचलाउ हैसियतमा सीमित हुनपुगेको वर्तमान सरकारले प्रदेश प्रमुख र विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्न लागेको भन्दै आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । देउवा सरकारले प्रदेश प्रमुखका अतिरिक्त गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठानमा नियुक्ति गर्न लागेको एमालेले उल्लेख गरेको छ । 
एमालेको विज्ञप्तीमा भनिएको छ, ‘जाँदाजाँदै मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौ।’ एमालेले अहिले गरिने नियुक्ति निर्णय अमान्य हुने पनि उल्लेख गरेको छ । 

 

प्रकाशित: २५ मंसिर २०७४ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App