coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हराउन खोजेको भन्दै काँग्रेसद्वारा मतगणना बहिस्कार

मेघराज तामाङ
संखुवासभा – प्रतिनिधि सभा तर्फको मतगणना बहिस्कार गर्दै गणनास्थलबाट नेपाली कांग्रेस बाहिरिएको छ । संखुवासभामा जारी मत गणनामा भएको विवादका कारण प्रतिनिधिसभा तर्फको कांग्रेसका प्रतिनिधि, उम्मेदवार र नेताहरू मतगणना स्थलबाट बाहिरिएका हुन् । मुख्य निर्वाचन अधिकृतले दलीय निर्णय विपरित बदर मत भएको निर्णय गरेको र निर्वाचनका कर्मचारीहरूले पक्षपाती व्यवहार गरेको भन्दै कांग्रेस बाहिरिएको हो।

यसअघि मंसिर २० गते मतगणना प्रक्रियाका विषयमा सर्वदलीय बैठकले गरेको निर्णयलाई मिचेर मुख्य निर्वाचन अधिकृतले गरेको निर्णय प्रति आपत्ती जनाउँदै बदर मत पुनः गणना गर्न अदालति प्रक्रियामा जाने कांग्रेसले जनाएको छ। निर्वाचन कार्यालयले कांग्रेसको बदर मत बढी देखाएर पराजय गराउन खोजेको कांग्रेसले आरोप लगाएको छ।

हालसम्म गणना गरिएका ६० हजार ६ सय २० मत मध्ये २ हजार ८ सय ८८ मत बदर भएको छ । ती मध्ये ८० प्रतिशत मत नेपाली कांग्रेसको नियोजित रुपमा बदर गराइएको संखुवासभा कांग्रेसले जनाएको छ। 

यो संगै प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको हो । आइतबार राती १० बजे बदर मत कै विषयमा भएको विवादका कारण गणना कार्य रोकिएको थियो । बिहान १ बजे नै दलीय सहमति पछि पुनः मतगणना सुचारु भएको थियो । तर बिहान ५ बजे नै दोस्रो पटक नेपाली कांग्रेसका प्रतिनिधि नभए पछि मत गणना रोकिएको थियो।

प्रकाशित: २५ मंसिर २०७४ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App