८ वैशाख २०८१ शनिबार
राजनीति

सन्त नेताको शानदार जीत

काँग्रेस नेता प्रदीप गिरि

सिरहा— नेपाली कांग्रेसका केन्द्रि सदस्य प्रदिप गिरि सिरहाबाट विजयी भएका छन्। गान्धीवादी नेता गिरि सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाई २ हजार बढी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

प्रत्यक्ष निर्वाचनमा यो उनको दोस्रो विजय हो।

गिरीले २३ हजार ९५१ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका(एमाले) गंगा यादवले २१ हजार ३७१ मत प्राप्त गरेका छन्।

२०५१ मा उम्मेदवार रहेका उनी पराजित भएका थिए। २०५६ मा उनी एमाले उम्मेदवारलाई हराउँदै विजयी भएका थिए। २०६० र २०६४ मा पार्टीले उनलाई समानुपातिक तर्फबाट सांसद बनाएको थियो। गिरि काँग्रेसका सन्त र बौद्धिक नेताको रुपमा परिचित छन्।

यता, प्रदेशसभा सदस्यमा वाम गठबन्धन(एमाले)का अशोक कुमार यादव विजयी भएका छन्। सिरहा क्षेत्र नम्बर १ (२)बाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाई पाँचसयबढी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

यादवले ११११० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी समाजवादी फोरमका राजकुमार गुप्ताले १०६०८ मत प्राप्त गरेका छन्।

प्रकाशित: २५ मंसिर २०७४ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App