७ वैशाख २०८१ शुक्रबार
राजनीति

अनसनकारी सिकिस्त भएपछि अस्पताल भर्ना

८ दिनदेखि आमरण अनसनरत नेविसंघ पुर्व केन्द्रीय सदस्य गणेश सापकाेटकाे स्वास्थ्य चिन्ताजनक भएपछि शनिबार माेडल अस्पताल भर्ना गरिएकाे छ। तस्बिर: कृष्ण ढुंगाना

काठमाडौं– नेपाल विद्यार्थीसँगका फर्जी प्रतिनिधि सच्याएर विधिवत महाधिवेशन गर्न माग गर्दै  आठदिनदेखि आमरण अनसनमा बसेका नेविसंघका दुई नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलको अवस्था चिन्ताजनक भएपछि मोडल अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको छ।
उनीहरु दुवैजनालाई पार्टी कार्यालय सानेपाबाट मोडल अस्पताल ल्याएर इमर्जेन्सिमा भर्ना गरिएको हो। अहिले उनीलाई स्लाइन पानी दिन सुरु गरिएको छ। यद्यपि उनीहरुले आफ्नो अनसन जारी रहेको बताएका छन्। 

आमरण अनसनमा बसेका विद्यार्थी नेताको स्वास्थ्य बिग्रिँदै गएपछि उनीहरुको माग पूरा गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब परेको छ।  उनीहरुगत शनिवारबाट नेपाली कांग्रेसको मुख्यालय सानेपामा अनसन बसेका नेविसंघका पूर्व केन्द्रीय सदस्य सापकोटा र ढुंगेलको स्वास्थ्य बिगँदै्र गएपछि अस्पताल भर्ना गरिएको हो।
 
सापकोटाकी पत्नी गौरी पौडेलले बिहीबार फेसबुकमा पार्टी सभापति शेरबहादुर देउवाको नाममा अपिल गर्दै पतिको जीवन रक्षाको माग गरेकी थिइन्। ‘मेरो पति गणेश सापकोटा यसअघि पनि नौं दिनसम्म आमरण अनसनमा बस्नुभयो, माग पूरा गर्ने सहमतिपछि अनशन तोड्नु भयो। त्यसपछि उहाँको स्वास्थ्य निकै बिग्रिएको थियो,’ पौडेलले आफनो फेसबुक स्ट्याटसमा लेखेकी थिइन्न्, ‘अहिले पुनः पार्टीको आन्तरिक बिवादका कारण ६ दिनदेखि आमरण अनशनमा बस्नु भएको छ।’ थप लेखिएको छ, ‘प्रजातन्त्रिक पार्टिभित्र प्रजातन्त्रको खोजी गर्दागर्दै तिमिहरुको बुवा...’ मैले यी नावालकहरुलाई कसरी सुनाउन सक्छु र?’

आफ्नै कार्यकर्ता ८ दिनदेखि पार्टी कार्यालयमा आमरण अनसन बसिरहँदा पार्टी सभापति शेरबहादुर देउवा भने कसलाई मन्त्री मण्डलमा पठाउने भन्नेमा व्यस्त छन्।  आमरणन अनसन बसेका विद्यार्थीले ५२ जिल्लामा मात्र विधिवत् अधिवेशन भए पनि नेविसंघका बर्तमान अध्यक्ष रन्जित कर्णले एकलौटी ढंगले प्रतिनिधी छनोट गरेको आरोप लगाएका छन्।

२२ जिल्लामा प्रतिनिधि टाँस गरेकोले त्यसलाई सच्चाउनको लागि पार्टी नेतृत्वले प्रतिवद्धता जनाउनु पर्ने माग गरेका छन्। कांग्रेसले  नेविसघकाे महाधिवेश सम्पन्न गर्नक लागि कांग्रेसले केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ। नेविसंघको अधिवेशन आगामी  भाेलिबाट काठमाडौंमा सुरु हुँदैछ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App