८ वैशाख २०८१ शनिबार
राजनीति

सल्यान बामको कब्जामा

सल्यानका विजयी वाम उम्मेदवारहरु

रुकुम–सल्यानमा प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धनले जित हाँसिल गरेको छ। प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका टेकवहादुर बस्नेत, प्रदेश निर्वाचन क्षेत्र ख वाट नेकपा एमालेका प्रकाश ज्वाला, क वाट नेकपा एमालेकै गुलावजंग शाह निर्वाचित भएका हुन्।

बस्नेतले ४० हजार आठ सय ९७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार सात सय ६७ मत प्राप्त गरेँ । यस संगै उनले यहाँवाट तीन पटक चुनाव जितेका छन्। २०६४ र २०७० सालको चुनावमा पनि बस्नेत निर्वाचित भएका थिए । उनी यस भन्दा अधि सामान्य प्रशासन मन्त्री समेत भएका थिए।

ज्वालाले १९ हजार आठ सय ३६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेस डिल्ली राज रेग्मीले ११ हजार छ सय ३० मत प्राप्त गरे । यस भन्दा अघि ज्वाला २०५६ सालमा सल्यान क्षेत्र नं. १ र २०७० सालको चुनावमा क्षेत्र नं. २ वाट निर्वाचित भएका थिए। 

२०६४ सालको चुनावमा भने उनी पराजित भएका थिए। त्यस्तै गरि निर्वाचन क्षेत्र नं. १ मा झण्डै दोब्बर मत अन्तरले शाह विजयी भए । रेग्मीलाई नौं हजार ४६ फराकिलो मत अन्तरले पराजि गरेका हुन्। शाहले १९ हजार छ सय ५८ मत प्राप्त गर्दा रेग्मीले १० हजार छ सय १२ मत प्राप्त गरे। 

नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले प्रतिनिधि सभामा नेकपा माओवादी र प्रद्येश सभापमा नेकपा एमालेले उम्मेदवार वाडफाड गरेका थिए। यस निर्णयलाई आत्म समर्पन गरेको भन्दै नेकपा माओवादीका नेताहरुले बागी समेत दिएका थिए।

 

प्रकाशित: २५ मंसिर २०७४ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App