७ वैशाख २०८१ शुक्रबार
खेल

फिफा अध्यक्ष इफेन्टिनो विरुद्धको मुद्दा खारेज

 ज्युरिक –विश्व फुटबल महासंघ फिफाको इथिक्स कमिटीले फिफा अध्यक्ष जियानी इफेन्टिनो विरुद्धको लागेको अनियमीतताको मुद्दा खारेज गरीदिएको छ। शुक्रबार इथिक्स कमिटीले छानविनका क्रममा उनी दोषी भएको कुनै प्रमाण नभेटिएपछि उनलाई सफाइ दिएको बताएको छ। इथिक्स कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छानविन तथा सोधपुछका क्रममा मिस्टर इफेन्टिनोले फिफाको कुनै नियम उल्लंघन गरेको पाइएन, तसर्थ उनलाई सफाई दिँदै उनी विरुद्ध लागेको मुद्दा तत्काल खारेज गरिनेछ।’

इफेन्टिनो फिफामा समय समयमा आर्थिक अनियमितता  गरेको भन्दै विवादमा फस्दै आएका छन्। उनीमाथि  फिफाको कोड अफ इथिक्स  उल्लंघन गरेको र आफूखुशी रकम खर्च गरेको भन्दै छानविन तथा सोधपुछ हुँदै आएको थियो।

 

प्रकाशित: २२ श्रावण २०७३ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App