८ वैशाख २०८१ शनिबार
राजनीति

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी

इनरुवा – प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। 

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्। अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन्। श्रेष्ठले २५ हजार ७५० मत पाए। 

सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी 

त्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन्। 

आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन्। एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत पाएका छन् अशोक राईले २२ हजार १२३ मत पाए। 

सुनसरी २ (क)मा वामका लिम्बू विजयी 

सुनसरी क्षेत्र २ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन्। 

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६७४ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरे। 

सुनसरी १ (ख) मा वामका आचार्य विजयी 
सुनसरी प्रदेशसभा क्षेत्र १ (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भीम आचार्य विजयी भएका छन्। 

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरे। 

सुनसरी ३ (क)मा वामका बस्नेत विजयी 

यसैगरी सुनसरी क्षेत्र ३ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार लिलम बस्नेत विजयी भएका छन्। 
उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरे। 

प्रकाशित: २५ मंसिर २०७४ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App