coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

धनगढी – कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ। 

आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रदेशसभा (क) मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी १६ हजार १५५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत पाएका छन्। 

यस्तै प्रदेश सभा (ख) मा एमालेका कृष्ण सुवेदी १६ हजार २२ मतले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हीरादत्त भट्टले ११ हजार ८०३ मत प्राप्त गरेका छन्। 

निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गरेका छन्। विसं २०४६ को परिवर्तन यता भएका निर्वाचनमा विजयी हुँदै आएका काँग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ। 

प्रदेशसभातर्फ (ख) मा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी काँग्रेसका लक्ष्मणबहादुर शाहीले सात हजार ४९२ मत पाएका छन्। 

प्रदेश सभा (क) को गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी मत गणनमा अगाडि रहेका छन्। 

यसअघि आइतबार नै कैलाली निर्वाचन क्षेत्र पाँचको प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा घोषणा भइसकेको छ। यो क्षेत्रमा एमालेका नारदमुनी राना विजयी हुँदा काँग्रेस नेत्री डा आरजु राणा देउवा पराजित भएकी छिन्। 

निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेको छ। 

प्रकाशित: २५ मंसिर २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App