coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बर्दियामा वाम गठबन्धनको बर्चस्व

बर्दिया – प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा पूर्व मन्त्री सहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको जिल्लामा वाम गठबन्धनले फराकिलो मतले चुनाव जितेको छ । प्रतिनिधि सभा क्षेत्र नं.२ मात्र नेपाली कांगे्रसको पोल्टामा परेको छ। पहिलो र दोस्रो संविधान सभा गरी लगातार ३ पटक माओवादी केन्द्रका तथा पूर्व मन्त्री शन्तकुमार थारु अहिले पनि प्रतिनिधि सभा क्षेत्रनं. २ मा फराकिलो मतले विजयी भएका छन्।  

थारु १३ हजार ८ सय २० मतान्तरले विजयी भएका छन् । थारुले ५० हजार ५ सय ५५ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल दहितले १३ हजार ८ सय २० मत ल्याए । मतगणनाको क्रममाा कांग्रेसको गढ मानिएको गेरुवा गाउँपालिकाका प्रत्येक वडामा अग्रता लिएका थिए । आइतवार अबेरसम्म भएको मतगणनामा सबै भन्दा फराकिलो मताअन्तरले जित्ने उम्मेदवार मध्ये उनी पर्छन । सेनामा बटालियन कमिशनारको भूमिका रहेका उनी शान्ती सम्झौता पछि खुला राजनीतिमा प्रवेश गरेका थिए । जनमुक्ति सेनामा काम गर्दा सफल मानिने उनी गृह नगरमा पर्ने बारबर्दियाबाट साविक क्षेत्र नं. ३ बाट २०६४ पहिलो पटक उम्मेदवार बनेका थिए । निडर, एजेण्डामा अडिग र विकास प्रेमी मानिने उनी पशुपंक्षी मन्त्री बनेसँगै माओवादी केन्द्र वृतमा चर्चित थिए।  

यसैगरी प्रदेशसभातर्फ १(ख) माओवादी केन्द्रका तिलक शर्मा २३ हजार ३ सय ९२ भएका छन् । उनका प्रतिद्वन्द्वी मंगल थारुलाई १ हजार ५ सय ५१ बढी मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थारुले २० हजार ८ सय ४१ मत प्राप्त गरेका थिए । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) एमालेका कविराम थारुले २३ हजार ५ सय ६० मत प्राप्त गरेर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी सोदे विष्टले २१ हजार १ सय ९३ मत ल्याएका थिए । यसैगरी २(ख)मा माओवादी केन्द्रका दिपेश थारुले २३ हजार ६ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले १७ हजार ९ सय १२ मत प्राप्त गरेका थिए । यसैगरी प्रदेश सभा २(क) एमालेका कुल प्रसाद पोख्रेल २८ हजार ३ सय २३ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र थापाले १७ हजार ३ सय २० मत ल्याए । स्थानीय निर्वाचनमा दुई वटा मध्य एक नगर र एक गाउँपालिका जितेको कांग्रेसले प्रदेश सभा अग्रता लिन सकेन  । स्थानीय तहमाा दोस्रो वरियतामा आएको कांग्रेसले प्रायः स्थानीय तहमा मत खस्केको आँकलन छ। 

 

प्रकाशित: २५ मंसिर २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App