coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेसको केन्द्रमा एमाले विजयी

एमाले नेता रघुवीर महासेठ

जनकपुर- मधेसको केन्द्र मानिएको धनुषाबाट एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। धनुषा-४ बाट बाम गठबन्धनका एमाले उम्मेदवार रघुवीर महासेठ विजयी भएका हुन्।

महासेठ २२ हजार ५३२ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र यादव १९ हजार ९९१ मत ल्याए। फोरमका महाजन यादव १९ हजार ६६२ मत ल्याएर तेस्रो भए।

धनुषा-२ फोरमका उमाशंकर अरगरिया विजयी भइसकेका छन्। धनुषा-३ मा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले काँग्रेसका विमलेन्द्र निधिलाई हराएका छन्। 

धनुषा-१ को मतगणना जारी छ। त्यहाँ बाम गठबन्धनका माओवादी उम्मेदवार मातृका यादवले अग्रता लिइरहेका छन्।

प्रकाशित: २५ मंसिर २०७४ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App