coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजकिशोरको शानदार जीत

राजपा नेता राजकिशोर यादव

सिरहा— राष्ट्रिय जनता पार्टी(राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिरहाबाट विजयी भएका छन्। सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाई तीन हजारबढी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

यादवले २१ हजार १४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी वाम गठबन्धनका(माओवादी केन्द्र) अजयशँकर नायकले १७५७५ मत प्राप्त गरेका छन्।

यता, प्रदेशसभा सदस्यमा राजपाका सहमहासचीव सुरेश कुमार मण्डल विजयी भएका छन् । सिरहा क्षेत्र नम्बर ४(२)बाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाइ दुई हजारबढी मतले पराजित गर्दै निर्वाचित भएका हुन । मण्डलले १०४८० मत प्राप्त गरेका छन् । उनक प्रतिद्वन्दी कांग्रेसका गणेश मण्डलले ७४९९ मत प्राप्त गरेका छन्। 

प्रतिनिधिसभा सदस्य वीजेता राजकिशोर यादव र प्रदेशसभा सदस्य वीजेता सुरेश कुमार मण्डल ।

प्रकाशित: २५ मंसिर २०७४ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App