६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापतिबीच छलफल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकार विस्तारका विषयमा छलफल भएको छ। शनिबार विहान देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री दाहाल र देउवाबीच करिब आधा घण्टा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘सरकार विस्तार र समसामयिक विषयमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल भयो,’ मल्लले भने।  छलफलमा सरकारका कामकारवाही कसरी प्रभावकारी बनाउने विषयमासमेत छलफल भएको थियो। कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए। दाहालले कांग्रेस र माओवादीकातर्फबाट गरी ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। माओवादीबाट प्रधानमन्त्रीसहित चार जना र कांग्रेसबाट दुई जना सरकारमा सहाभागी भएका छन्।

 

प्रकाशित: २२ श्रावण २०७३ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App