७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको साख जोगाउँदै उदयपुरको १ (ख) मा कार्की विजयी

उदयपुर- उदयपुर बाम गठबन्धनको ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ (२) प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले साख बचाउँदै गठबन्धनको क्लिन स्वीप हुनबाट जिल्लालाई बचाएका हुन्। कार्कीले १६ हजार ७ सय ९२ मत ल्याएर गठबन्धनका उम्मेदवार रामबहादुर थापामगरलाई पराजित गरेका छन्। माओबादी केन्द्रका समानुपातिक पूर्व सभासद थापामगरले १५ हजार १ सय ९४ मत ल्याएका छन्।

पेशाले अधिवक्ता त्रियुगा नगरपालिका १५ खाँबुका मगरमाथि सभासद भएका बेला जनतासँग घुलमिल कम गरेको, स्थानीय विकास निर्माणमा ध्यान नदिएको गुनासो गरेका मतदाताले त्रिनपा ६ का स्थायी बासिन्दा कार्कीलाई रोजेको कांग्रेसको दावी छ। पूर्व पार्टी जिल्ला सभापति कार्कीको जीतले उदयपुरे कांग्रेसीको साख बँचेको छ।

प्रतिनिधिसभा २ मा प्रदेशसहित बाम गठबन्धनले यसअघि नै विजयी हासिल गरिसकेको छ। गठबन्धनका उम्मेदवार माओवादी स्थायी समिति सदस्य सुरेशकुमार राई हिमाल प्रतिनिधिसभातर्फ र १ (१) र १ (२) मा क्रमशः माओवादीकै नारायण बुर्जामगर र एमालेकी कला घले विजयी भएका हुन्।

प्रकाशित: २४ मंसिर २०७४ १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App