७ वैशाख २०८१ शुक्रबार
राजनीति

चितवन १ मा सुरेन्द्र पाण्डे विजयी

चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे विजयी भएका छन्। उनले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई पराजित गरे।

पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गरे भने  बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत प्राप्त गरे। चितवन क्षेत्र नम्बर २ मा एमालेकै कृष्णभक्त पोखरेल निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ३ को नतिजा आउन बाँकी छ। क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा छन्।

प्रकाशित: २४ मंसिर २०७४ १६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App