७ वैशाख २०८१ शुक्रबार
राजनीति

पर्सा १ मा फोरम नेपालका प्रदीप यादव निर्वाचित

 वीरगन्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव भारी बहुमतले निर्वाचित भएका छन्। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार यादवले आफ्ना निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व सांसद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतको अन्तरले पछाडी पर्दै विजयी भएका हुन्।

पर्साको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार फोरम राजपा गठबन्धनका उम्मेदवार यादवले २१ हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुङ्ग्टाले १६ हजार ४ सय मत प्राप्त गरेका छन् । यस क्षेत्रमा बाम गठबन्धनका संयुक्त उम्मेदवार विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् । धेरै चाँसोसाँथ हेरिएको मधेस आन्दोलनको केन्द्रबिन्दु पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा शुक्रबार देखि सुरु भएको मतगणनामा यादवले सुरु देखिनै अन्य उम्मेदवारभन्दा अग्रथता लिएका थिए । नेपाली कांग्रेसका रुङ्ग्टाले उनलाई पछ्याए पनि मतगणनाभरी एक पटक पनि उछिन्न सकेका थिएनन्। फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका यादव दोस्रो संबिधान सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार बिचारी यादवबाट करिब ९ सय मतले पराजित भएका थिए । गत मधेस आन्दोलनमा उनले संयुक्त लोकतान्त्रिक मधेसी मार्चाको जनपरिचालन समितिको संयोजक भएर आन्दोलन हाँकेका थिए।

प्रकाशित: २४ मंसिर २०७४ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App