८ वैशाख २०८१ शनिबार
राजनीति

नारदमुनी राना झण्डै ५ हजार मतान्तरले बिजयी

धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा धेरैको आंकलन विपरित प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई झण्डै ५ हजारको मताअन्तरले पराजित गर्दै एमालेका नारदमुनी राना प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन। नेपाली कांग्रेसको वलियो पकड रहेको क्षेत्र मानिएको कैलाली ५ मा सुरक्षित हुने आंकलन गरेर आरजु राणा देउवाले उम्मेदवारी दिएकी थिइन् । राणाको उम्मेदवारी सँगै यो निर्वाचन क्षेत्र निकै चर्चामा रहेको  थियो ।

 नेपाली काग्रेसको पकड रहेको क्षेत्र,  आरजुको व्यक्तीत्व र प्रभाव जस्ता कारणले आरजुले चुनाव जित्ने अधिकाशंले आकलन गरेका थिए । ती सवै बिश्लेषण र आकलनलाई गलत सावित गर्दै २२ हजार ३ सय २२ मत ल्याएर नारदमुनी राना बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी आरजुले २२ हजार ३ सय २२ मत प्राप्त गरिन् । बामगठबन्धन, रानाथारुको भावनात्मक मत र आरजुलाई उम्मेदवार बनाउँदा कांग्रेस भित्रै केहीको असन्तुष्टी जस्ता कारणले नारदमुनी रानाले फराकिलो अन्तरले बिजय हात पारेका हुन। ४५ बर्षिय रानाले २०४३ सालदेखि अनेरास्ववियुवाट राजनीति शुरु गरेका हुन। २०४७ सालमा एमाले पार्टी राजनीतीमा प्रवेश गरेको उनी टोल कमिटीवाट केन्द्रीय कमिटी सम्म पुग्न सफल भए। अहिले उनी एमालेको बैकल्पिक केन्द्रिय समिती सदस्य रहेका छन। २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयर भएका राना २०६४ सालमा समानुपातिक कोटामा संविधान सभा सदस्य बने। राजनीतिक शास्त्रमा उनले स्नाकोत्तर गरेका छन ।

 बिजय भएपछि रानाले जनताको बिश्वास मर्न नदिने गरी इमान्दार भएर बिकासका काम गर्ने बताए।‘यो जित सँगै जनताले मलाई जिम्मेवारीको भारी बोकाएको महसुस भएको छ’उनले भने,‘मैले प्रचारका क्रममा उठाएका विकासका सवै काम पुरा गर्नेमा मेरो पुरै प्रयत्न रहने छ ।’  

प्रकाशित: २४ मंसिर २०७४ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App