coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रोल्पाबाट विजयी भएपछि वर्षमान पुनले के भने ? (भिडियो)

रोल्पा- पहिलो चरणमा सम्पन्न रोल्पा निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो ध्यान विकास र समृद्धिमा हुने बताएका छन्। उनले देशको समृद्धिको लागि सबैलाई उप्रेरित गर्ने जिम्मेवारी आएको बताएका छन्। जिल्लाको विकासको लागि आफ्नो उच्च प्राथमिकता हुने उनको भनाई रहेको छ। वाम गठवन्धनले विकास, सन्तुलित अन्तराष्ट्रिय सम्वन्ध र सवै दललाई मिलाएर प्रजातान्त्रिक अभ्यासमा जाने उनले बताए।

पुनले नेपाली काँग्रेसका अमर सिंह पुनलाई पराजय गरेका हुन्। मत परिणाम अनुसार बर्षमन पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत ल्याएका छन्। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७४ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App