८ वैशाख २०८१ शनिबार
राजनीति

बामदेव गौतमलाई हराउँदै काँग्रेसका सञ्जय गौतम विजयी

काँग्रेसका सञ्जय गाैतम जसले एमालेका हेभिवेट वामदेवलाई हराए।

बर्दिया— देशभरि वामपन्थी लहर चलेको अवस्थामा बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमले एमाले उपाध्यक्ष बामदेव गौतमलाई पारजित गरेका छन्।

वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष गौतमलाई गौतम विजयी भएका हुन्। शुरुमा  मत परिणाममा अग्रस्थामा रहेका थिए। अन्तिमतिर आइपुग्दा भने उनी काँग्रेस उम्मेदवारसँग फिक्का देखिए। काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएर विजयी भए।  उपाध्यक्ष गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन्।

काँग्रेसका उम्मेदवारले ल्याएको मत एमाले उपाध्यक्ष गौतमको भन्दा  ७ सय ५३ बढी छ।

ग्रेसका उम्मेदवारले ल्याएको मत एमाले उपाध्यक्ष गौतमको भन्दा  ७ सय ५३ बढी छ।

 कांग्रेसका उम्मेदवारसमेत रहेका मन्त्री सञ्जय गौतम आफ्नो गृह नगरको मत परिमाणबाट अग्रस्थानमा पुगेका थिए। स्थानीय तहको निर्वाचनमा बराबर्दिया,बासगढी, बढैयाताल नगरपालिकाको मेयरमा वाम गठबन्धनले जितेको थियो। कांग्रेसका गौतमले जितेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा वाम गठबन्धनको स्थानीय तहमा राम्रो पकड भएको क्षेत्र हो । चारै वटै स्थानीय तहरहेको प्रतिनिधिसभा १ मा वाम गठबन्धनको पकड क्षेत्र मानिन्छ। स्थानीय तहको मतपरिणाम जोड्दा २८ हजार वामगठबन्धन अघि थियो।

गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले २ हजार ८ सय ९३  मतले उपाध्यक्ष गौतमलाई पछाडि पारेका थिए। यसैगरी गृहनगर नगरपालिकामा पाएको मत जोगाउँदै माओवादी केन्द्रको पकड रहेको वारबर्दियामा क्षेत्रमा काँग्रेसका गौतम विजयी भएका थिए।

बढैया ताल गाउँपालिकाबाट १५ सय मतले अगाडि रहेका वामदेव उपाध्यक्ष गौतम गृह नगर रहेको बाँसगढी पनि नगरपालिकामा कम मत प्राप्त गरेका थिए । बारबर्दिया नगरपालिकामा उनले अग्रता लिने विश्वास वाम गठबन्धनले गरेको भएपनि उनीप्रति असन्तुष्ट कार्यकर्ताले मत नदिएको स्थानीयको विश्लेषण छ। वामगठबन्धन हावी भएको ठाउँमा दुई गौतमबीच जित हार झिनो मत भएपनि कांग्रसले ऐतिहासिक विजय ठानेकोे छ।

बामदेवप्रति रुष्ट थिए बर्दियाबासी

यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट ३ पटक जितेका र २ पटक हारेका वामदेवले दोस्रो संविधान  सभाको निर्वाचन बर्दिया र प्यूठान पनि निर्वाचन जितेका थिए। त्यतिबेला प्युठान रोजेका कारण उनीसँग  बर्दियाली रुष्ट थिए। 

उपाध्यक्ष गौतमले बर्दियामा कुनै पनि विकासका काम नगरेको आरोप चुनावी प्रचारमा खेप्दै आएका थिए। एमाले उपाध्यक्ष गौतमले सुरुमा छोरा हरिश गौतमलाई उम्मेदवार बनाउन चाहेका थिए। त्यतिबेला कार्यकर्ताले तीब्र असन्तुष्टि जाएका थिए। पत्नी तुल्सा थापालाई सामानुपातिक नाम पारेपछि बर्दिया एमालेमा असन्तुष्टि चुलिएको थियो। 

 

प्रकाशित: २४ मंसिर २०७४ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App