८ वैशाख २०८१ शनिबार
राजनीति

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

काँग्रेस नेता गगन थापा। फाइल तस्विर

काठमाडौं—काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका काँग्रेस नेता गगन थापाले मतदाता एवं शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्। चुनाबी अभियानका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न निष्ठापूर्वक काम गर्ने प्रणसमेत उनले गरेका छन्।

'देशको प्रगतिका लागि सबैसँग मिलेर काम गर्नेछु', उनले भनेका छन्।

'आदरणीय मतदाता एवं शुभेच्छुक दाजुभाइ दिदीबहिनीहरु, तपाईंको अपार स्नेह र आशीर्वादका लागि हार्दिक आभार प्रकट गर्दै आफ्ना प्रतिबद्धतालाई निष्ठापूर्वक पुरागर्ने प्रण गर्छु', उनले भनेका छन्।

देशभरि वाम गठबन्धन लहर देखिएको बेला उनी काठमाडौं-४ बाट ३ हजार बढी मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। वाम गठबन्धनको सरकार बन्ने देखिएको सन्दर्भमा उनले सबैसँग मिलेर जनहितमा काम गर्ने उल्लेख गरेका छन्।  'देशको प्रगतिका लागि सबैसँग मिलेर काम गर्नेछु', उनले भनेका छन्।

प्रकाशित: २४ मंसिर २०७४ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App