७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहालले लिए ५ हजार मतको अग्रता

माओवादी अध्यक्ष पुष्पकमल दाहाल। फाइल तस्विर

चितवन—एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले करिब पाँच हजार मतको अग्रता लिएका छन्। पछिल्लो परिणामअनुसार उनी १९ हजार ७२६ मतसहित अग्र स्थानमा छ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे १४ हजार ८७० मतको अवस्थामा छन्।

प्रदेश सभामा माओवादी २, एमाले २

यसैगरी चितवनमा प्रदेश सभाको चारवटा क्षेत्रको नतिजा आयो चितवनमा प्रदेश सभाको चारवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ। मत परिणाम आएका सबै ठाउँमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

क्षेत्र न. १ प्रदेश सभा क र ख मा एमालेका उम्मेदवारहरू दावा दोर्जे लामा र कृष्ण खनाल विजयी भएका छन्। क्षेत्र नं २ को प्रदेश सभा क र ख मा बाम गठबन्धनकै माओवादी उम्मेदवारहरू घनश्याम दाहाल अबिनास र एमालेका विजयी सुवेदी विजयी भएका छन्।

प्रदेश सभाका ६ क्षेत्र रहेको चितवनमा क्षेत्र नं ३ को प्रदेश सभाका क्षेत्रहरूको गणना बाँकी छ। अहिलेसम्मको गणनामा दुवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरू अगाडि छन्।

प्रकाशित: २४ मंसिर २०७४ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App