coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विजयी उम्मेदवारलाई बधाई थाप्न भ्याई–नभ्याई

खोटाङ– खोटाङका वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई तथा शुभकाना लिन भ्याई–नभ्याई भएको छ। आईतबार सदरमुकाम दिक्तेलमा बिजय जुलुसमा निस्किएका प्रतिनिधिसभा सदस्यमा बिजयी एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क) मा बिजयी एमालेका राजन राई र प्रदेशसभा (ख) मा बिजयी माओबादी केन्द्रका रामकुमार राईलाई स्थानीय सर्वसाधारणले सडकमै आएर फूलमाला, खादा र अबिर लगाइदिएर बधाई तथा शुभकामना दिएका हुन्।

स्थानीयले ठाउँ–ठाउँमा माला, खादा र अबिर लिएर बसेपछि बिजय जुलुस विस्तारै बजार परिक्रममा गरिरहेको छ। 

हेलीप्याडबाट सुरु भएको र्‍याली रत्नपार्क, त्रिबेणीचोक, हाटडाँड हुँदै पुःन हेलीप्याडमा पुगेर सभामा परिणत हुने वाम गठबन्धनले जनाएको छ। बिजय जुलुसका लागि जिल्लाका बिभिन्न गाउँबाट कार्यकर्ता दिक्तेल आइपुगेका छन्। ठूलो आवाज सहितको बिशाल जुलुसका कारण सडकमा आवतजावत गर्न समेत अप्ठ्यारो भइरहेको छ। 

 

प्रकाशित: २४ मंसिर २०७४ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App