७ वैशाख २०८१ शुक्रबार
अर्थ

देशभर ९० प्रतिशत धान रोपाइँ

काठमाडौं– देशभर ९० प्रतिशत धान रोपाइँ सकिएको छ।  कृषि विभागका महानिर्देशक युवकध्वज जिसीका अनुसार उच्च पहाडमा ९२.१९, मध्यपहाडमा ९२.७० र तराईमा ८८.७६ प्रतिशत रोपाइँ भएको छ।

पश्चिमको तुलनामा पूर्वमा कम रोपाइँ भएको छ। पूर्वाञ्चलमा ८१.०२, मध्यमाञ्चलमा ८५.८५, पश्चिमाञ्चलमा ९६.७१, मध्यपश्चिमाञ्चलमा ९७.२९ र सुदूरपश्चिमाञ्चलमा ९९.८८ प्रतिशत रोपाइँ सकिएको छ।

सबैभन्दा धेरै सूदूरपश्चिमाञ्चलको बझाङ, बाजुरा, दार्चुला, कैलाली र कञ्चनपुरमा सय प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा थोरै पूर्वाञ्चलको ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ८१.८० प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ। रासस

 

प्रकाशित: २२ श्रावण २०७३ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App