coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदीप पौडेलद्वारा पुनः मतदान माग

प्रदीप पाैडेल

तनहूँ—तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्।

प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन्।

'पछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएको थियो। पछि गणना गर्दा २ हजार ३७० मत भेटिएको छ', काँग्रेस उम्मेदवार पौडेलले नागरिकन्युजसँग भने, 'सुरुमा देखिएको संख्याभन्दा धेरै संख्यामा मत देखिनुले फर्जी मत खसालेको पुष्टि हुन्छ। यो हामीलाई मान्य छैन।'

उम्मेदवार पौडेलले निर्वाचन कार्यालयमा पुनः मतदानको माग गर्दै लिखित निवेदन दिएका छन्।

पछिल्लो परिणाममा आशा कोइराला १४ हजार ९८४ मतको स्थितिमा छिन्। पौडेलको उनीभन्दा पाँच मत कम छ।

निर्वाचन कार्यालयमा दिएको निवेदन

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App