८ वैशाख २०८१ शनिबार
राजनीति

सुर्खेतमा वाम गठबन्धनका शाही विजयी

सुर्खेत – सुर्खेत क्षेत्र नम्वर–१ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका ध्रुवकुमार शाही निर्वाचित भएका छन्। आइतबार विहान सम्पन्न मतगणनामा शाहीले नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गरेका हुन्। 

वाम गठबन्धनका तर्फबाट एमालेबाट उम्मेदवारी दिएका शाहीले खड्कालाई ३ हजार ३ सय ८२ मत अन्तरलेपछि पार्दै विजयी भए । शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर भने निकटतम् प्रतिद्वन्द्वी खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरे । क्षेत्र नम्वर–१ मा ७२ हजार ८ सय ८३ मत खसेको थियो । यो मध्ये एक हजार पाँच सय ९४ मत बदर भएको थियो । पूर्वी सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाका दुई वडासहित, भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिका तथा सिम्ता र चिंगाड गाउँपालिका पर्दछन्।

वाम गठवन्धनबाट विजयी शाही एमाले जिल्ला अध्यक्ष हुन्। ०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यबाट कम्युनिष्ट राजनीतिसुरु गरेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा मालारानी गाविस अध्यक्षमा निर्वाचित भएका थिए।

शाही एमाले जिल्ला कमिटी सदस्य, उपसचिव हुँदै जिल्ला अध्यक्ष भएका हुन् । प्रतिनिधिसभामा विजयी भएपछि शाहीले जनताले अनुभूति गर्ने गरेर विकास निर्माणमा लाग्ने बताए । ‘६ नम्वर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतलाई भौतिक पूर्वाधारमा सम्पन्न बनाउनु अहिलेको आवश्यकता हो’ उनले भने, ‘यसमा म क्रियाशील हुनेछु ।’

यस्तै प्रदेशसभा क्षेत्र नम्वर–१ ‘क’ मा पनि वामगठबन्धन विजयी भएको छ । वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका ठम्मर विष्ट विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका टेकबहादुर सिंहलाई २ सय २० मतले पराजित गरे । विष्टले १५ हजार तीन सय ५२ र सिंहले १५ हजार एक सय २३ मत प्राप्त गरे। 

प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतमा अन्य ठाउँको मतगणना भइरहेको छ । क्षेत्र नम्वर–२ मा वाम गठवन्धनका नवराज रावत अगाडि छन् भने उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सहकारी तथा गरिवी निवारणमन्त्री हृदयराम थानीले पछ्याइरहेका छन्। 

प्रकाशित: २४ मंसिर २०७४ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App