coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

वाम लहर चिर्दै कसरी जिते देउवाले?

काँग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्विर

पुस्कर भण्डारी

डडेल्धुरा—नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धन एकतालाई चिर्दै राजनीतिक जीवनमा नयाँ जित दर्ता गरेका छन्। देशभरि वाम गठबन्धनको लहर चलिरहेको भए पनि डडेल्धुरामा भने बाम एकताले देउवालाई छुन सकेन। शुक्रबार राति ९:३० बजेपछि मतगणना शुरु भएदेखि नै अग्रता लिएका देउवाले अन्ततः प्रतिद्वन्द्वी बामगठबन्धनका खगराज भट्टलाई ६ हजार ९२९ मत अन्तरले पराजित गरे। 

उनका निकटम प्रतिद्वन्द्वी बामगठबन्धनका खगराज भट्टले २१ हजार ११५ मत प्राप्त गरे। देउवाको लामो राजीतिक यात्राको र विकासवादी छविले उनलाई विजयी हुन सहयोग पुर्‍यायो

गराज भट्ट देउवासँग पराजित भएको यो तेस्रो पटक हो। २०६४, २०७० र यस पटक गरी भट्ट चुनाव लडे पनि जित भने दर्ता गर्न सकेनन्। एमाले र माओवादीबी गठबन्धन भएपछि देवालाई चुनाव जित्न कठिनाई हुने अड्कलबाजी गरिएको थियो। तर देउवाले गत निर्वाचनमा पाएकोभन्दा झन्डै दोब्बर मत ल्याए।  देउवाले २८ हजार ४४ मत ल्याए। 

उनका निकटम प्रतिद्वन्द्वी बामगठबन्धनका खगराज भट्टले २१ हजार ११५ मत प्राप्त गरे। देउवाको लामो राजीतिक यात्राको र विकासवादी छविले उनलाई विजयी हुन सहयोग पुर्या्यो। 

देउवाको जितसँगै काँग्रेसले डडेल्धुरामा दुई सिट रहेको प्रदेशसभा सदस्यतर्फ पनि एक स्थानमा जित दर्ता गरेको छ। प्रदेश सभा ख मा नेपाली काङ्ग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्ल १३४१३ मत प्राप्त गरी विजयी भएका छन्। उनले ३५८ मतको झिनो मतान्तरले मात्रै जित दर्ता गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष डा।तारा जोशीले १३०५५ मत प्राप्त गरे । डडेल्धुरामा प्रदेशसभा क मा भने नेपाली काङ्ग्रेसका रघूवर भट्टलाई उछिन्दै बामगठबन्धनका पठानसिहं बोहोरा विजयी भए। 

डडेल्धुरा जिल्लाको आधा भन्दा बढी जनसख्या रहेको भित्रिमधेश क्षेत्रका बामघटकका उमेदवार एमालेका पठानसिंह बोहरा विजयी भएका हुन्। एमालेका बोहरा विजयी हुँदा काँग्रेस उमेदवार पूर्व जिल्ला विकास समिति सभापति रघुवर भट्टलाई पराजित भए। 

बामघटकका उमेदवार बोहराले कुल खसेको मतको १३५६३ मत ल्याए। उनका प्रतिद्वन्द्वी काग्रेंसका भट्टले ११३९४ मत पाए। प्रदेश क मा जम्मा ४० हजार ४० मत मध्ये २६३३५ मत खसेको थियो। कूल ८१ हजार ७ सय ३२ मतदाता रहेको डडेल्धुरामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा ५४ हजार ९७ मतदाताले मतदान गरेका थिए।

प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको डडेलधुरामा १४ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

 

प्रकाशित: २४ मंसिर २०७४ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App