coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाल्पा प्रदेशसभा १ ‘ख’मा आचार्य विजयी

पाल्पा – नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य विजयी बनेका छन् । प्रदेशसभा १ (२) बाट वामगठबन्धनका तर्फबाट आचार्य १४ हजार ४ सय ६६ मत सहित विजयी बनेका हुन्। 

आचार्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दानबहादुर पछाईले १० हजार ५ सय १ मत प्राप्त गरेका छन् । यससँगै जिल्लामा गठबन्धनका चार उम्मेदवार विजयी बनेका छन् । पूर्वखोला गाउँपालिका–३, रिग्नेरह घर भएका आचार्य २०७३ सालमा एमाले जिल्ला अध्यक्ष बनेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन। 
प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे विजयी भएका छन्। वामगठबन्धनका (एमाले) उम्मेदवार पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तर सहित विजयी भएका हुन्। 

पाण्डे ३४ हजार ८ सय ९९ मतसहित विजयी हुँदा कांग्रेसका नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरे। प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन्। बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए।

प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा वामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन् । गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरी विजयी भएका हुन् । घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम बहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरे।  

 

प्रकाशित: २४ मंसिर २०७४ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App