दाङ – कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यमा विजयी भएका छन्।
एमालेका जिल्ला सचिव केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे। यसैगरी क्षेत्र नम्बर १ प्रदेशसभा १ मा माओवादी केन्द्रका ईन्द्रजित चौधरी निर्वाचित भएका छन् । उनी १७ हजार २ सय ५० मत ल्याइ निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरे।
यस्तै क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा एमालेका उत्तरकुमार ओली निर्वाचित भएका छन्। ओलीले २३ हजार ९ सय ७० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरे।
अब दाङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको मात्रै अन्तिम परिणाम आउन बाँकी छ । यो क्षेत्रमा पनि एमालेका मेटमणी चौधरी कांग्रेसका सुशीला चौधरी भन्दा फराकिलो मतान्तरले अगाडि छन् । तीन प्रतिनिधी सभा र ६ प्रदेशसभा मध्ये हालसम्मको परिणाम अनुसार वामगठवन्धनले ७ स्थानमा जित निकालेको छ भने कांग्रेसले एउटा क्षेत्रमा जित निकालेको छ।
प्रकाशित: २४ मंसिर २०७४ ०३:१९ आइतबार