८ वैशाख २०८१ शनिबार
राजनीति

पाल्पा-२ बाट माओवादीका घर्ती विजयी, अन्यमा बाम गठबन्धनको अग्रता

पाल्पा—  प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा बामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन्। गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरि विजयी भएका हुन्। 

घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ बिजयी बन्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राम बहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक विजयी घोषणा गर्न भने बाँकी छ । पूर्व डिआईजी कार्कीलाई हराउँदै विजयी बन्ने जिल्लाका पहिलो प्रतिनिधी बनेका छन्, घर्ती। 

पछिल्लो मत परिणाम अनुसार जिल्लाका सबै क्षेत्रमा बामगठबन्धन अगाडी देखिएको छ । ताजा अपडेट...

प्रतिनिधि सभा १
(एमाले) दलबहादुर राना २५,३०६
(काँग्रेस) विजयी घिमिरे १७,९४२

प्रदेश १ (क)
नेकपा एमाले, युवराज खनाल १४७८४ 
नेपाली कांग्रेस, देवराज ढकाल ११२४२

क्षेत्र १ प्रदेश ख
(एमाले) नारायण आचार्य ९०३४
(कांग्रेस) दान बहादुर पछाईं ५३१९

पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा
(एमाले) सोम प्रसाद पाण्डेय २६५८९
(कांग्रेस) हरि नेपाल १६३३१

क्षेत्र २ (क)
(एमाले) पुरनमान बज्राचार्य १२९६८
(कांग्रेस) माधव नेपाल ९०३७

प्रदेश २ (ख)
डा. पुरन बज्राचार्य १६४२२ विजयी
माधव नेपाल १३४७०

 

प्रकाशित: २४ मंसिर २०७४ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App