७ वैशाख २०८१ शुक्रबार
राजनीति

कमल थापालाई हराउँदै मकवानपुर-१ बाट एमालेका दाहाल विजयी

राप्रपा अध्यक्ष कमल थापा

मकवानपुर—राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट पराजित भएका छन्। उनलाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले हराए।

दाहाल ४० हजार ६३१ मत ल्याएर विजयी भए। लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थापाले ३४ हजार ६५८ मत पाए।

कमल थापाले हार स्वीकारेका छन्। 'मकवानपुर क्षेत्र नं.१ प्रतिनिधिसभा चुनावमा जनताको निर्णय शिरोधार्यगर्दै पराजय सहर्ष स्वीकार गर्दछु', थापाले ट्विट गर्दै भनेका छन्। 

प्रकाशित: २४ मंसिर २०७४ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App