coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोजपुरका सबै क्षेत्रमा बाम गठबन्धन

एक्सन राई

भोजपुर- प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादीका सुदन किरातीले विजय हात पारे संगै भोजपुरका सबै क्षेत्रमा बाम गठबन्धनले जित हात पारेको छ ।  मंसिर १० गते सम्पन्न भएको पहिलो चरण अन्तरगत प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा बाम गठबन्धनले कब्जा गरेको हो । बाम गठबन्धनका तीनै जना उम्मेदवारले फाराकिलो अन्तरले निर्वाचन जितेका हुन । भोजपुरमा २०४८ साल यताको निर्वाचनमा निरन्तर वामपन्थीहरुले जित्दै आएका छन् । बाम गठबन्धने प्रदेश सभामा नेकपा एमालेलाई र प्रतिनिधि सभामा नेकपा माओवादीलाई उठाएको थियो ।

प्रतिनिधि सभामा बाम गठबन्धनमा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदन किराती ले ३४ हजार ३ सय ९४  मत ल्याउदै विजयी बनेका हुन । उनका निकटम प्रतिद्धन्द्धी उमेशजंग रायमाझिले २१ हजार ६ सय ९६  मत ल्याएका थिए । किरातीले १२ हजार ६ सय ९८ मत वढि ल्याएका थिए । सुदन किरातीको यो दोस्रो जित हो । उनि २०६४ मा शेरधनलाई हराउदै संविधानसभाका सदस्य वनेका थिए।

 प्रदेश सभा (क) मा राजेन्द्रकुमार राई विजयी भएका छन । वाम गठबन्धनका साझा उम्मेदवार राईले लोकतान्त्रिक गठबन्धनका अजम्वर काङमाङ राईलाई पराजित गरेका हुन । जम्मा ३४ हजार ९ सय ५८ मत खसेकोमा राजेन्द्रकुमार राईले १९ हजार २ सय ९७ मत ल्याएका हुन । उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका अजम्बर काङमाङ राईले ११ हजार ५ सय ४१ मत ल्याएका हुन। राजेन्द्रकुमार राईले ७ हजार ७ सय ५६ मतान्तरले पछि पार्दै विजयि बनेका हुन् । उनको संसदीय यात्रा भने पहिलो पटक हो।

भोजपुर प्रदेश ख मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । शेरधन राईको यो जित भोजपुरमा ३ पटक हो ।  शेरधन राईले  २० हजार ३ सय ३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । यो मतान्तर १३ हजार २ सय २९ मत हो । तेस्रो पटक जित निकाल्दै शेरधन राईले ह्याट्रिक गरेका छन् । उनले २०६४ मा सुदन किरातीसंग हार व्यहोरा थिए । शेरधन र सुदनले आपसमा हार र जीत एक एक पटक व्यहोरेका थिए । यसपटक भने दुवै विजयी भएका छन् ।

विजयी सबै उम्मेदवारहरुलाई प्रमाणपत्र भने आइतावार प्रदान गरिने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताए । बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएपछि लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले हार्दिकतासाथ बधाई दिएका थिए । प्रदेश सभा (क)का मुख्य प्रतिद्धन्द्धी अजम्बर काङमाङ राईले विजयी उम्मेदवार राजेन्द्रकुमार राईलाई र प्रदेश सभा (ख) का शेरधन राईलाई बधाइ दिएका थिए । उनले सफल र विवादरहित कार्यकाल बनाउन शुभकामना दिएका हुन ।  प्रतिनिधि सभामा पराजित उमेशजंग रायमाझिले पनि जिज्ञप्ती निकाल्दै

यसपटक प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तेस्रो स्थानमा भने नेकपा माले आएको छ । अघिल्लो निर्वाचनमा पाँचौ भएको नेकपा मालेका प्रतिनिधि सभाका उम्मेदवार प्रदेश कमिटि सदस्य अनिल बस्नेतले २ हजार ६ सय १ मत ल्याएका थिए।

 

प्रकाशित: २३ मंसिर २०७४ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App