coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

धनकुटामा प्रदेको दुवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

धनकुटा- धनकुटा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वारहरु विजयी भएका छन्। प्रदेससभा क निर्वाचन क्षेत्रमा एमाले निरन राई २०,०८८ प्राप्त गरी विजयी भएका छन् ।

 उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३४४२ गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । राईले निकटम प्रतिद्धन्द्वी श्रेष्ठलाई ६६४६ मतले पराजित गरे।

धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली विजयी भएका छन् । उनले प्रतिस्पर्धीलाई १२ हजार चारसय २८ मतान्तरमा पराजित गरेर विजयी भएको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । 

विजयी पराजुलीले २०६५२ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अर्जुन थापाले ८२३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । विजयी भएपछि प्रतिक्रिया दिँदै दुवै सांसदले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन सक्दो पहल गर्ने बताए । सवै जिल्लाबासी र मतदातालाई धन्यबाद दिँदै उनीहरुले अव धनकुटाको विकास र समृद्धिमा निरन्तर काम गर्ने बताए ।

त्यसैगरी  प्रतिनिधि सभामा बाम गठबन्धनकै एमालेका राजेन्द्र राईले २८ हजार ७६८  मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २०१२९ मत प्राप्त गरी पच्छाईरहेका छन् । धनकुटामा ४ स्थानमा मतगणना सुरु गरेकाले आज रातभरीमा परिणाम आउने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २३ मंसिर २०७४ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App