८ वैशाख २०८१ शनिबार
राजनीति

गोरखामा डा. भट्टराईको 'ह्याट्रिक'

गोरखा- गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले ३२ हजार ८ सय सात मत प्राप्त गरे भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरे। यो सँगै डा. भट्टराईले गोरखामा ह्याट्रिक गरेका छन्। उनी २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा पनि विजयी भएका थिए।

गोरखा २ मा ६० हजार १ सय १७ मत खसेको थियो।  २ हजार ६ सय ३८ मत बदर भएका छन्।
 

प्रकाशित: २३ मंसिर २०७४ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App